‘खेल विकासमा प्रशस्त लगानी छ’

हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको बताएका छन् । मकवानपुरको वाग्मती गाउँपालिकामा आयोजित तेस्रो गोल्डकपको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए ।

‘हालै सम्पन्न दक्षिण एशियाली खेलकूद प्रतियोगितामा हासिल नतिजा यसक्षेत्रको प्रगतिको ज्वलन्त नमूना बनेको छ’, गृहमन्त्री थापाले भने । उनले खेलकूद स्वास्थ्य, अनुशासन, सद्भाव वृद्धिका लागि महत्वपूर्ण रहेको र खेलकूदलाई व्यावसायिक बनाउनसकिएमा यही माध्यमबाट विकास र समृद्धिको अभियान शुरु गर्न सकिने उल्लेख गरे ।

मन्त्री थापाले १८ वर्षअघि आफू तत्कालीन फापरबारी गाविस रहेको वाग्मतीमा आएको र आज १८ वर्षपछि आउँदा विकास र रहन सहनमा थुप्रै परिवर्तन पाएको बताए । गृह मन्त्रालयले वाग्मतीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया