सावित्राको गोलमा गोकुलम च्याम्पियन

काठमाडौं । राष्ट्रिय महिला टोली एवं एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्बाको निर्णायक गोलमा गोकुलम केराला एफसीले शुक्रबार भारतीय महिला लिग ९आईडब्लूएल० को उपाधि जितेको छ । प्रतिस्पर्धात्मक फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै गोकुलम च्याम्पियन बनेको हो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले निर्णायक गोल गरेकी थिइन् । उनले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गरेकी थिइन् । मनीषाको पासमा उनले गोल गरेकी हुन् ।

बैंगलोर रंगशालामा खेलको पहिलो हाफमा गोकुलमले क्रिप्सा एफसीविरुद्ध २–१ को अग्रता बनाएको थियो । दोस्रो मिनेटमा पर्मेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५ औं कमलादेवीले गोल थपेकी थिइन् । ३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल फर्काएकी थिइन् । क्रिप्साका लागि रतन बालादेवीले ७३ मा गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याएकी थिइन् । त्यो अवस्थाबाट फेरि एकपटक सावित्राले उच्च प्रदर्शन गरिन् ।

प्ले अप चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् । सावित्राले लिगका सबै खेलमा गोल गरिन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् । सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गरेको थियो । सावित्राले पनि अनितासँगै गत सिजन सेथुबाट खेलेकी थिइन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् ।

प्रतिक्रिया