अर्थबजार

हिमालयन बैंकका अध्यक्ष गौतमले सम्हाले पद

सौर्य अनलाइन २०७६ फागुन ३ गते ७:०४ मा प्रकाशित

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा निर्वाचित तुलसी प्रसाद गौतमले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको माघ २९ गते बुधवार बसेको ३८१ औँ बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो । नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दछन् । समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिँदै उनको कार्यकालमा हिमालयन बैंकले थप उत्साहजनक प्रगतिको कामना गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय