म्यारिएट होटलमा डेल्टिन समूहको अन्तर्राष्ट्रियस्तरको क्यासिनो सञ्चालनमा

काठमाडौं । डेल्टिन समूह भारतको एक विशाल एवं सार्वजनिक रूपमा सूचीकृत गेमिङ तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि तीव्र गतिमा विस्तार हुँदै आइरहेको छ ।

यो समूहले पहिलोपटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ नक्साल, काठमाडौंस्थित होटल म्यारिएटबाट गरेको छ । जसको उद्घाटन हालसालै माघ २५ गते शनिबार गरिएको थियो । यो नयाँ परियोजना कम्पनीले एभरेस्ट हस्पिट्यालिटी एन्ड होटलसँग गरेको सम्झौताको प्रतिफल भएको बताएको छ ।

समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै सञ्चालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो–पर्यटनलाई अझ थप उचाइमा लैजाने विश्वास गरिएको छ । साथै, पर्यटनका अन्य पक्षहरूलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ ।

क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरूलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरूबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरूप उनीहरूलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यो क्यासिनो सञ्चालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरूको खोजी गर्न पनि मद्दत पुगेको छ ।

क्यासिनो शुभारम्भको अवसरमा डेल्टिन समूहका अध्यक्ष तथा सिइओ अनिल मलानीले भने, ‘हामी विश्वास गर्दछौं कि नैतिकता र अनुपालन हाम्रो व्यवसायको एक अभिन्न हिस्सा हो र यसैले हामी म्यारिएट होटलका सञ्चालक एभरेस्ट हस्पिट्यालिटी एन्ड होटलसँग हातेमालो गर्न पाउँदा हर्षित भएका छौं ।

हामी दुवै कम्पनीहरू उही समान मूल्य र मान्यताका साथ सेवा व्यवसायमा उत्कृष्टता र व्यावसायिकता प्रदान गर्न कटिबद्ध छौँ । हाम्रो समान अवधारणा र मूल्य मान्यताको कारण नेपालमा हाम्रो व्यवसाय सुरक्षित पक्षसँग रहेको पुष्टि गर्दछ ।’

प्रतिक्रिया