‘कुनैपनि सम्झौता कानुन विपरीत छैन’

काठमाडौं । यती समूहले आपूmहरूविरुद्ध कपोलकल्पित र नियोजित र प्रायोजित प्रचारबाजी भएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

देशभक्त, राष्ट्रवादी आदिवासी÷जनजाति शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने यती समूहले गरेको सफलता र राष्ट्रसेवा प्रति इष्र्या प्रदर्शन गर्नका लागि आफुहरूमाथि विभिन्न प्रचारवाजी भएको उल्लेख गरेको हो ।

समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले एक विज्ञप्ति निकाल्दै केही सञ्चार माध्यमहरूमा नियोजित रूपमा विभिन्न स्वार्थी समूहको उक्साहटमा यती समूहलाई बद्नाम गराउन र कमजोर बनाउन लागिपरेको बताएका छन् । यती समूहबारे प्रकाशित समाचार भ्रामक र यती समूहलाई बदनाम गराउने उद्देश्यबाट अभिप्रेरित रहेको प्रष्ट देखिएको छ ।

पाथीभरा देवी दर्शन केवलकार आयोजनाबारे प्रकाशित समाचार असत्य, भ्रामक र बद्नाम गराउने उद्देश्यबाट मात्र प्रेरित भएको स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । ‘उक्त आयोजनामा यती समूहको ५१ प्रतिशत र ताप्लेजुङका स्थानीय समुदायको समेत सहभागिता होस् भनेर ४९ प्रतिसत सेयर लगानीमा ५ वर्ष अगाडि नै यो कम्पनी स्थापना गरिएको हो । यो कम्पनी मिति २०७२ असोज ११ गते कम्पनी रजिष्टारको कार्यालयमा विधिवत् दर्ता गरिएको छ ।

सञ्चारमाध्यमहरूले भने जस्तो ८० वर्षका लागि सरकारी जग्गा लिजमा लिएको होइन, यो केवल ३० वर्षका लागिमात्र सबै कानुनी प्रक्रिया पूरा गरी लिजमा लिइएको स्पष्ट पार्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

२०७४ माघ ९ गते वातावरणीय मूल्यांकन भईसकेको भन्दै ९८ रोपनी जग्गा मात्रै रहेको र सोहीबमोजिम वातावरणीय मूल्यांकन प्रतिवेदनअनुसार सरकारसँग भएको लिज सम्झौतामा अन्यत्र ९८ रोपनी जग्गा कम्पनीले किनेर सरकारको नाममा पास (सट्टाभर्ना) गरिदिनुपर्ने र प्रति हेक्टर १६ सयका दरले वृक्षरोपण गर्नुपर्ने प्रावधान रहेको छ । ५ वर्षसम्म कम्पनीले नै स्याहार गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने सर्त सम्झौतामा उल्लेख छ । साथै सम्झौता प्रत्येक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको अध्यक्ष शेर्पाले बताए ।

यसैगरी, नेपाल ट्रस्टअन्र्तगत रहेका दरबारमार्ग र ताहचलको जग्गा लिजमा लिँदा हाम्रा भगिनी कम्पनीहरूले टेन्डर प्रकृयाबाट सबैभन्दा बढी रकम बोलकबोल गरी लिएको सम्बन्धित निकाय र कागजातहरूले नै पुष्टि गर्ने उल्लेख छ ।

साथै गोकर्णको गल्फ कोर्ष र रिसोर्ट हाम्रो संस्था विदेशी नागरिकबाट सेयर खरिद गरी प्राप्त गरेको र त्यसमा पूर्वाधार विस्तार र मर्मत कार्यको लागि पहिलेको भन्दा २१६ प्रतिशत बढी लिज रकम तिर्ने र आवश्यक मर्मत सम्भारसमेत गर्ने गरी र थप नयाँ संरचना निर्माण गरी पर्यटन प्रवद्र्धन र रोजगारी सृजनामा योगदान पु¥याउने गरी कानुन बमोजिम सरकारको सबै प्रकृया पूरा गरी लिजमा लिएको व्यहोरा समेत स्पष्ट पार्न चाहेको विज्ञप्तिमा उल्लेख छ ।

‘कुल करिब २७ सय रोपनी जग्गा मध्ये रिसोर्टले १३५ रोपनी तथा गल्फ कोर्षले ४०५ रोपनी मात्र जग्गा उपभोग गर्दे आएको र बाँकी २१६० रोपनी जग्गा जंगल र वन्यजन्तुको सुरक्षामा प्रयोग भई रहेको स्पष्ट पार्दछाँै’, विज्ञप्तिमा भनिएको छ ।

२०५७ मा तत्कालिन राजा विरेन्द्रद्वारा अमेरिकी नागरिकको स्वमित्वमा रहेको नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीलाई लिजमा दिइएको र केवल तीन वर्ष अगाडि मात्रै यती समूहले विदेशी कम्पनीबाट खरिद गरी लिएको बारे पनि भ्रमपूर्ण समाचार बनाई आम जनमानसमा नकारात्मक सन्देश प्रवाह भई रहेको सन्दर्भमा पनि हाम्रो ध्यान आकृष्ट भएको सो समूहले जनाएको छ ।

‘विदेशीले कम्पनी सञ्चालन गर्दा कही कतै चर्चा नहुनु तर हामी जस्ता देशभक्त राष्ट्रिय व्यवसायी नेपालीले विदेशीबाट खरिद गरेर कम्पनी सञ्चालन गर्दा राष्ट्रिय स्तरका ठुला सञ्चार माध्यमले प्रायोजित रूपमा विरोध जनाउनुका पछाडीको नियत के हो ? विदेशीको मातहतमा रहेको कम्पनी के एउटा नेपालीले देशकै हितमा देश भित्रै व्यवसाय सञ्चालन गर्न नपाउने ?’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो परिवार र यती समूह अहिले गहिरो शोकमा छ ।

यस शोककै क्षणमा यती समूहविरुद्ध पछिल्ला केहीदिन यता संवेदनाहीन ढंगले नियोजित र कपोलकल्पित समाचारहरू नियमित रूपमा प्रकाशित हुँदै आइरहेको घटनाप्रति हामी स्तब्ध भएका छौँ । तर, हामी यसबाट कति पनि विचलित भएका छैनौँ । तर, आम नेपाली नागरिकलाई प्राप्त संविधान तथा कानुनी हकअनुसार स्वतन्त्रतापूर्वक व्यवसाय सञ्चालन गर्न पाउने हकमाथि नियोजित रूपमा सिलसिलाबद्ध भइरहेको प्रहारप्रति भने हामीलाई गम्भीर चिन्ता र चासो छ ।’

वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अगाडि सारेको बेला समृद्ध नेपालका लागि सरकारले लगानीको वातावरण बनाउने नीतिगत व्यवस्था गरेको सन्दर्भमा यती समूहजस्तो राष्ट्रिय व्यवसायी एवं स्वेदशी लगानीकर्तालाई हतोत्साहित बनाउने अभिप्रायले गरिएको दुष्प्रचार निन्दनीय रहेको सो समूहले ठहर गरेको छ ।

प्रतिक्रिया