रेडियो सुन्दै, सिकाउँदै बिद्यार्थी

अर्घाखाँची । युवा वर्ष र विचित्र माध्यमिक विद्यालय सन्धिखर्क नगरपालिका–१ को कक्षा ८ मा अध्ययन गर्ने साधन अधिकारीले सामूहिक रूपमा रेडियो कार्यक्रम साझा बोली सुनेर देशमा सञ्चालनमा रहेका तीन तहका सरकारको काम कर्तब्यबारे रेडियो सुनेरै सिकेको बताए । उनले भने, ‘हाम्रो स्कुलमा परिवर्तनशील रेडियो क्लब छ । क्लबका सबै साथीले साप्ताहिक रूपमा आउने रेडियो साझाबोली नियमित सुन्छौँ अनि सिकेका कुरा क्लब अनि कक्षामा छलफल गर्छौं ।’

क्लबकी अध्यक्ष कक्षा ८ मै अध्ययन गर्ने जेनिसा चौहानले नियमित रेडियो कार्यक्रम सुनेर शिक्षा, स्वाथ्य, कृषि तथा बिपत् व्यवस्थापन र सार्वजनिक सरोकारका धेरै बिषय सिकेको र अरू साथीहरूलाई पनि कक्षामा सिकाएको बताइन् । उनले भनिन् ‘रेडियो सुनेर धेरै कुरा त सिक्यौँ । सँगै नगरपालिकालगायत वडामा गएर बिभिन्न मागसमेत राख्यौँ । माग नि पुरा हुन्छ होला ।’

रेडियो कार्यक्रम साझा बोली ई–क्लब एक्सेस नेपालको उत्पादनमा देशभरिका बिभिन्न रेडियोबाट प्रसारण हुने जनसरोकारको महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत सार्वजनिक सरोकार विभिन्न विषयहरू उठाउने र समस्याको समाधान गर्ने कार्यक्रम दिनप्रतिदिन प्रभाकारी हुँदै गएको सामुदायिक सञ्चारकर्मी रुदमणि भुसालले बताए

पारस्पारिक परियोजनाअन्तर्गत एकीकृत ग्रामीण विकास समाजले विभिन्न ठाउँहरूमा रेडियो श्रोता समूहहरू निर्माण गरी रेडियो हस्तान्तरण गर्दै आर्थिक रूपमा पनि क्लबलाई केही सहयोग गरी युवा विद्यार्थीलाई नेतृत्व विकास र नयाँ ऐनकानुन र नागरिकका अधिकार कर्तब्य सार्वजनिक निकायको सेवा प्रवाहको बारेमा अभिमूखीकरण गर्दै आएको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले बताए । विद्यार्थीले नियमित रेडियो सुनेर टोलमा समाजमा पनि कुरा गर्ने अधिकार र कानुनी सवालका विषयमा धेरै कुराहरूको जानकारी लिई नेतृत्व विकास गरेको पत्रकार तथा अनुसन्धानकर्मी सागर परियारले बताए ।

परिवर्तनशील युवा क्लबमा महिनाको दुईपटक नियमित बैठक बस्ने र चार वटा कार्यक्रम सुन्ने गरेको बैठकमा विभिन्न अरू विषयमा पनि छलफल गर्ने र एउटा विद्यार्थीले सिकेको कुरा अर्कोलाई सिकाउँदै आएको क्लबका सहजकर्ता नारायण भट्टराईले बताए । यसरी रेडियो कार्यक्रम सुनेर जिल्लाका शिक्षक दरबन्दी, स्वाथ्य कार्यालयले दिने निःशुल्क औषधि, सार्वजनिक सुनुवाई योजना छनोटका बिभिन्न चरणहरू, सार्वजनिक निकाएको पारदर्शिता सूचनाको हक लगाएका धेरै बिषयमा कुराहरू सिकी कक्षाका अरूलाई पनि सिकाई सार्वजनिक निकायहरू नगरपालिकामा सूचनासमेत मागेको क्लबकी सदस्य सपना पन्थीले बताइन् ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया