नागरिक सम्मान प्रदान

काठमाडौं । समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ । नागरिक समाजद्वारा राजधानीमा आयोजित ‘राष्ट्रिय नागरिक सम्मान २०७६’ बाट समाजमा उल्लेखनीय कार्य गरेका विभिन्न व्यक्तित्वलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सम्मान गरे ।

कार्यक्रममा लेखक एवं साहित्यकार भीष्मराज फुलारा तथा वृत्तचित्र निर्देशक, कलाकार शेखर खनाल ‘राष्ट्रिय नागरिक सम्मान जुरी अवार्ड २०७६’ बाट सम्मानित भए । त्यस्तै, चलचित्रकर्मी यामप्रसाद ओली, योगगुरु मधुसुदन भेट्वाल, सौन्दर्यविद् छबु कार्की, व्यापारी विजय चापागाईंलगायतका व्यक्तित्वलाई ‘राष्ट्रिय नागरिक सम्मान २०७६’ बाट सम्मान गरियो ।

समाजमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई प्रोत्साहन प्रदान गर्नका लागि सम्मान गरिएको नागरिक सम्मानका अध्यक्ष यामबहादुर जिसीले बताए ।

प्रतिक्रिया