‘बाघी–३’ को नयाँ रेकर्ड

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ अभिनीत चलचित्र ‘बाघी ३’ को ट्रेलर सार्वजनिक भइसकेको छ । बिहीबार सार्वजनिक भएको यसको ट्रेलरले सर्वाधिक भ्युजसँगै बलिउडमा नयाँ रेकर्ड बनाएको छ ।

रिलिज भएको २४ घण्टाभित्रै ट्रेलरले ५९ मिलियन भ्युज पाएको थियो । जुन नयाँ रेकर्ड हो । अहिलेसम्म कुनै पनि चलचित्रले यति छोटो समयमा यसरी भ्युज पाएका थिएनन् । ट्रेलरमा समावेश गरिएको एक्सन पक्षलाई दर्शकले निकै तारिफ गरेका छन् । साथै यसको मेकिङ पक्षलाई पनि दर्शकले प्रशंसा गरेका छन् । त्यस्तै, टाइगरको स्टन्टलाई दर्शकले धमकेदार भएको प्रतिक्रिया दिएका छन् ।

निर्माता सजिद नाडियडवाला दर्शकले मायाकै कारण ट्रेलर निकै हिट भएको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बल्ल हामीले मायाको अनुभूति गर्ने समय आएको छ । ट्रेलरलाई दर्शकले माया गरेर नै हिट भएको छ । चलचित्रले पनि दर्शकलाई निराश बनाउने छैन ।’

अहमद खानले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री श्रद्धा कपुर र रितेश देशमुखको समेत मुख्य भूमिका छ । चलचित्र ६ मार्चमा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया