केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

नयाँ दिल्ली । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनि नयाँ दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

यस अघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेको थियो । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुबै चुनावमा खातासमेत खोल्न सकेन ।

प्रतिक्रिया