आठ जना भारतीय पर्यटक मृत्यु भएको पानोरमा रिसोर्ट निलम्बित

काठमाडौँ । आठ जना भारतीय पर्यटकको मृत्यु भएको पानोरमा रिसोर्ट निलम्बन भउको छ । सरकारले मकवानपुरको दामनस्थित उक्त रिसोर्टलाई ३ महिनासम्म काम गर्न नपाउनेगरी निलम्बन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी फच्र्युना इन्टरनेश्नल प्रालिको नाममा सञ्चालित सो रिसोर्टलाई ३ महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।

तीन हप्ताअघि सोही रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

प्रतिक्रिया