बंगलादेश बन्यो यु–१९ को विश्व च्याम्पियन

ढाका । बंगलादेशले आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । दक्षिण अफ्रिकाको पोचेफस्टरूममा भएको फाइनलमा भारतलाई डीएल मेथडका आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको हो । वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएपिछ डीएल मेथडका आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो । बंगलादेशको जितमा परभेज होसेनले ४७ रन जोड्दा कप्तान अकबर अली ४३ रनमा अविजित रहे । भारतका रबि बिस्नोईले ४ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो । भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै तिलक बर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए । बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । त्यस्तै सोरिफुल इस्लाम र हसन साकिबले समान २–२ विकेट लिए ।

प्रतिक्रिया