कोरोना भाइरसको नेपालमा प्रभाव

चीनमा फैलिएको कोरोना भइरसको प्रकोप विश्वकै लागि ठूलो चुनौती बनेको छ । त्यसमा पनि नेपालका लागि विशेष चुनौती बनेको छ । पहिलो कुरा त नेपालसँग चीनको सिमा जोडिएको छ । दोस्रो कुरा अध्यायन तथा व्यापायर व्यवसायका सिलसिलामा उल्लेख्य संख्यामा नेपालीहरू चीनमा छन् । त्यसमध्ये पनि कोरोना भाइरसको उत्पत्ति स्थल बुआन शहरमा नेपाली विद्यार्थीहरू अध्यायन गर्छन् । यसबाहेक विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योग चिनियाँ पर्यटकहरूले धानिएको छ । कोेरोना भाइरसको प्रकोप सँगै नेपालमा आउने चिनियाँ पर्यटकको संख्या शून्यमा झारिएको हो । शुन्यमा झार्नु वाध्यता हो ।

यसैगरी, छिमेकी मुलुक चीन पछिल्लो समयमा नेपालका लागि मुख्य आर्थिक तथा प्राविधिक सहयोग दाता हो, तर कोरोना भाइरसका कारण चीनको अर्थतन्त्र थला पर्न लागेको छ । भाइरस नियन्त्रणका लागि मात्रै हालै चीनले ९ अर्ब अमेरिकी डलर खर्च गर्दैछ । केही ठूला सहरहरूमा कफ्र्युकै अवस्था रहेका कारण उत्पादन बन्द छ । चीनको पर्यटन व्यवसाय सुकेको छ । आफ्नो अर्थतन्त्रलाई पूर्ववत अवस्थामा पुर्याउन चीनलाई कम्तीमा पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । त्यसैले, नेपालमा आइरहेको चिनियाँ आर्थिक सहयोग घट्न सक्छ । यसैगरी चिनियाँ उत्पादनकै कारण नेपालीहरूले लत्ता कपडा लगायत केही उपभोग्य बस्तुहरू अत्यान्त सस्तो मूल्यमा प्रगोग गर्न पाइरहेका छन् तर कोरोनाका कारण उत्पादन तथा निर्यात प्रभावित भएका कारण नेपाली बजारमा चिनियाँ समानको मुल्य बढ्न सक्छ ।

यावत चुनौतीका बावजुद नेपाल सामुआइपरेको यतिबेलाको मुख्य चुनौती भनेको कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट आफ्ना देशका नागरिकको उद्धार गर्नु । जापान, अमेरिका, अस्ट्रेलियालगायतका विकसित मुलुकले मात्रै होइन नेपालजस्तै अवस्थाका भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक धमाधम फिर्ता लगिरहेका छन् । नेपाल सरकारले पनि ल्याउने तयारी गरेको छ । एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएको छ । नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सु गरेको छ ।

नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । हुबेई प्रान्तका ११ विश्वविद्यालयका एक सय ८८ नेपालीले स्वदेश फिर्ताका लागि फारम भरेका छन् । आफ्ना नागरिकको जिउधनको संरक्षण गर्नु राज्यको मुख्य दायित्व हो । चीनको कोरोना प्रभावित क्षेत्रमा अध्यायन गरिरहेका आफ्ना छोराछोरीलाई यथाशिघ्र उद्धार गर्न अभिभावकहरूले जोडदार माग गरेका छन् । सरकारले प्रक्रिया सुरू भइसकेको बताउँदा पनि उनीहरू सन्तुष्ट हुन सकेका छैनन् । आफ्ना छोराछोरीप्रतिको यो चिन्ता स्वभाविक हो । तर, युद्ध भइरहेको अवस्था भए, भूकम्प तथा दैवी प्रकोपको अवस्था भएको भए उद्धारका लागि हातर गर्नु स्वाभाविकै मानिन्थ्यो, तर यो मामिला सरुवा रोगको हो ।

त्यसमा पनि नेपालमा उपचार सम्भव नभएको सरुवा रोग हो । हावाकै माध्यमबाट एक अर्कामा सर्ने रोग हो यो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन चीनले जुन उपाय अपनाएको छ त्यो उपाय नेपालमा नभएको विश्वस्वाथ्य संगठनले जनाएको छ । यसैगरी, यो रोगको लक्षणको उपचारमा चीनले अपनाएको जस्तो उन्नत प्रविधि नेपालमा नभएको पनि विश्वस्थास्थ्य संगठनले जनाएको छ । उनीहरूलाई नेपालमा ल्याउनुभन्दा चीनमै सुरक्षित छन् भन्ने विश्वास सरकारले अभिभावकहरूलाई दिलाउन सकेन । यतिका दिन बितिसक्दा पनि विश्वस्वास्थ्य संगठनले तय गरेको मापदण्ड पूरा गर्न नेपाल सरकारले सकेन । प्रतिपक्षी दलले पनि सस्तो लोकप्रियताको बाटो लियो । उनीहरूलाई तत्काल स्वदेश फिर्ती उचित हो वा होइन ? भन्ने तर्फ प्रतिपक्षी दलले पनि ध्यान दिन सकेन ।

प्रतिक्रिया