बालुवाटार जग्गा प्रकरण, माइतीघरमा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँ । बालुवाटार ललिता निवासको जग्गा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रमुखप्रतिपक्षी दल कांग्रेसले ललिता निवासको जग्गाको प्रकरणमा राजनैतिक प्रतिशोधमा मुद्दा लगाएको भन्दै कांग्रेस निकट संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघलगायत भातृ संगठनले नारा जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको कांग्रेसले आरोप लगाएको । केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया