धर्म रक्षाका लागि युवा सक्रियता

अर्घाखाँची । वैदिक सनातन हिन्दू धर्मको वारेमा धार्मिक प्रशिक्षण तथा प्रर्वचन कार्यक्रम हिन्दु रक्षा परिषद् नेपाल र हिन्दू जागरण युवा स्वयंसेवक अर्घाखाँचीको आयोजनामा सन्घिखर्कमा सम्पन्न भएको छ । धर्म संस्कृतिको रक्षा,राष्ट्रको सुरक्षा भन्ने मुल नाराका साथ सुरु भएको र्यालीमा पञ्चेबाजाको तालमा धार्मिक नारा र विभिन्न खालका झण्डा, प्लेकार्ड वोकेर युवाहरू सन्धिखर्क बजारको मुख्य चोक बगैचादेखी बजार परिक्रम गरी जिल्ला समन्यय समितिको सभाहलमा पुगी प्रवचन सहभागी भए । कार्यक्रममा करिव ५ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा धर्मपरिवर्तन गर्ने गराउने कार्य बड्दै गएको हुँदा यसलाई रोक्न र युवाहरूलाई दिन्दू धर्मको बारेमा ज्ञान दिनलाई प्रवचन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हिन्दू रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले बताए । उनले भने ‘यो अभियान हामीले पहिलो पटक अर्घाखाँची जिल्लाका सन्धिखर्कमाबाट सुरु गर्यौँ,’ अब बिभिन्न जिल्ला र पालिका स्तरमा प्रचार प्रशिक्षण र संरक्षण गर्ने योजनाबाट अघि बढाएका छौँ ।’

धर्मले मानिसलाई अनुशासित, र कर्तब्यवोध गराउने भएकोले युवाहरूलाई राम्रो र असलकार्य लाग्न र समाजलाई सधैँ सबै एक भई सत्मार्ग लैजाने कार्य गर्नुपर्ने जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माले बताए । बिभिन्न मौलिक संस्कार संस्कृतिको विकृति आएको हुनाले ती संस्कृतिहरूको संरक्षण गर्दै आफनो पहिचानलाई अगाडि बढाउन युवाहरू लाग्नुपर्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।

हिन्दूजागरण अभियान जिल्लाभर सञ्चालन गरी धेरै युवाहरूलाई अभियानमा जोडेको अभियानका जिल्ला अध्यक्ष नारायण खड्काले बताए उनले भने,‘ भने हामीले धर्मका मात्र कुरा गरेको छैनौँ दुखी गरिबलाई आर्थिक सहयोगका कामलाई पनि अगाडि वढाएका छौँ ।’ प्रवचन कार्यक्रममा धर्मशास्त्र बिभागका प्रमुख प्राध्यापक डा. देवमणि पाठक, धर्म र विज्ञानका ज्ञाता प्राध्यापक हरिप्रसाद सोडारी लगाए जिल्ला र राष्ट्रिय स्तरका धार्मिक व्यतिmत्वहरूले प्रशिक्षण दिएको आयोजकले जनाएको छ । धार्मिक प्रवचन तथा प्रशिक्षण कार्यक्रममा युवाहरू शिक्षक कर्मचारी महिला धार्मिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया