रावा बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १२ प्रतिशत नगद लाभांष सहितको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै सरकारको अधिकांश स्वामित्व भएको यस बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरूको कार्यन्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको विचार ब्यक्त गरे । बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया