श्रेष्ठ र खुँजेली बर्षका उत्कृष्ट व्यवस्थापक

काठमाडौं । पुरस्कार तथा सम्मान कार्यक्रममा वर्षका व्यवस्थापक २०१९ बाट राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र महिला व्यवस्थापन कदर सम्मान २०१९ बाट मेगा बैंक लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीलाई सम्मानित गरिएको थियो ।

पुरस्कार तथा सम्मानका लागि उपयुक्त व्यक्ति चयन गर्नको लागि नेपाल व्यवस्थापन संघले प्रथम उपसभापति बमबहादुर मिश्रको संयोजकत्वमा प्रा. सुवास केसी, प्रा डिल्लीराज शर्मा, उद्योगपति सतिशकुमार मोर (नेपाल उद्योग परिसंघका प्रतिनिधि), उमेशलाल श्रेष्ठ (नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि), संघका महासचिव मोहनकुमार ओझा र संघका प्रमुख कार्यकारी अधिकृत यादव पौडेल सदस्य सचिव रहेको एक पुरस्कार तथा सम्मान छनैट समिति गठन गरको थियो ।

समितिले खुला सूचनाद्धारा आवेदन मागेर विभिन्न चरणमा मूल्यांकन गर्र्दै संबन्धित व्यक्तिहरूको अन्तरवार्तासमेत लिएर दुवै श्रेणीमामा उत्कृष्ट अंक हासिल गर्ने तीन तीन जना व्यवस्थापकको सूची व्यवस्थापन संघको केन्द्रीय समितिसमक्ष पेश गरको थियो ।

प्रतिक्रिया