सानिमा जनरलको साधारण सभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । गैरआवासिय नेपालीहरू,लव्ध प्रतिष्ठीत उद्योगीतथा व्यवसायिहरूवाट स्थापित यस कम्पनीले २०७५ आषाढ २७ वाट आफ्नो व्यवसायिक बीमा कारोवार सुभारम्भ गरेको हो ।

उक्त सभामा आव ०७५/७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष खेमराज लामिछानेले नेपाल वित्तिय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण पेश गर्दै कम्पनीको हाल कायम चुक्ता पूजि ७० करोड रहेकोमा नियामक निकाय बीमा समितिको निर्देशन बमोजीम १ अर्व चुक्ता पुंजि पुर्याउनु पर्ने व्यवस्था भए अनुसार सर्वसाधारणका लागि सुरक्षित गरिएको ३० लाख कित्ता सेयर यसै आर्थिक बर्षमाजारी गर्ने प्रकृयाका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरि आगामी आव ०७६।७७ का लागि कम्पनीको बार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एलआर एसोसियट्स, चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्तगर्न संचालक समितिले गरिको प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रतिक्रिया