थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । थ्रीस्टार क्लबले संकटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको हो ।

थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे ।

खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अंक जोडेको छ । यता समान खेल खेलको संकटा १५ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया