‘लभ डायरिज’ को टिजर

काठमाडौं । सौरभ चौधरीले निर्देशन गरेको चलचित्र ‘लभ डायरिज’ को टिजर सार्वजनिक भएको छ । आगामी २ फागुनमा देशवयापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र प्रेमकथामा आधारित छ ।

सार्वजनिक चलचित्रको टिजरमा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापालाई देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको सिनेमामा सुशील र रुविनासँगै विश्वजित रिमालको समेत प्रमुख भूमिका छ । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहिल खान सहनिर्देशक रहेको यस चलचित्रमा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ । त्यस्तै, अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रतिक्रिया