‘लक्का जवान’ को शीर्ष गीत

काठमाडौं । बब्लु गिरीको संगीतमा तयार पारिएको चलचित्र ‘लक्का जवान’ को शीर्ष गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक गरिएको छ ।

२१ चैतबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रका बारेमा राजधानीमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो । गीतमा डिपी खनालको शब्द छ तथा बब्लु र गायिका मिना निरौलाको आवाज रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देखाइएको छ ।

गीतको भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको रोमान्सलाई देखाइएको छ । यसैगरी अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा सिवाकोटी पनि जोडीको रूपमा रहेका छन् ।

गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता सरोज खनाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, अभिनेता सुशील पोखरेल, मनिषा श्रेष्ठलगायतलाई देखाइएको छ । यो चलचित्रमार्फत हास्यकलाकार शिवहरि पौड्यालले निर्देशनमा डेब्बु गर्दैछन् ।

गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेको छन् भने पुरुषोत्तम प्रधानको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रमा निर्देशक पौड्यालकै कथा, पटकथा तथा संवाद छ ।

अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेका छन् । हास्यप्रधान यस चलचित्रको सार्वजनिक गीतले दर्शकको मन जित्ने अपेक्षा राखेको निर्माण पक्षले आशा गरेको छ ।

प्रतिक्रिया