ऐतिहासिक कालखण्डमा भूकम्पको क्षतविक्षत

नेपाल विभित्र कालखण्डमा ठूला भूकम्पबाट क्षत विक्षत भएको देखिन्छ । पहिलो भूकम्प विसं. १३१० लाई लिन सकिन्छ । यो भूकम्प ७ दशमलव ७ रेक्टर स्केल म्याग्निच्युडको थियो । उक्त भूकम्पले उपत्यकाका तत्कालीन राजा अभय मल्लसहित करिब एक तिहाई जनसंख्याको मृत्यु भएको थियो ।

त्यसैगरी राजा जयदेव मल्लको पालामा अर्थात् सन् १२६०, राजा श्रीनिवास मल्लको समय सन् १६८२ र सन् १८१०, राजा गिर्वाण विक्रम शाहको समय सन् १८२३ र सन् १८३३ मा गएको भूकम्पले काठमाडौंलाई थुप्रै क्षति पुर्याई धरहरासमेत भाँचिएको, ठिमी र भक्तपुरका प्रायः घरहरू क्षतिग्रस्त भएका थिए भने राज्यभर करिब १८ हजार घरहरू भत्किएका थिए, जुन तत्कालीन समयको हिसाबले व्यापक क्षति मात्र सकिन्छ । यसको साथसाथै अधिकांश घर तथा मन्दिरमा गम्भीर क्षति पुगेको थियो ।

त्यसबाहेक विसं.१३१६, १४६३, १७३७, १८२३, १८६६, १८८०, १८९० र १८९१ मा ठूला भूकम्पबाट मुलुकका विभित्र भाग प्रभावित भएको इतिहास छ । यसर्थ देशको पछिल्लो झण्डै १ सय वर्षको इतिहासलाई अवलोकन गर्ने हो भने विसं.१९९० माघ २ गते सोमबार दिउँसो २ बजेतिर गएको ८ दशमलव ४ रेक्टर स्केल म्याग्निच्युडको भूकम्पले ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएको एकतिर थियो भने अर्कोतिर १ लाख २६ हजार ३ सय ५५ घर तथा भवनमा क्षति पुगेको र ८० हजार ८ सय ९३ घर पूर्ण क्षति भएको थियो ।

भूकम्प कसरी जान्छ भत्रे विषय केही सिमित सूचना, सञ्चार र शिक्षाको पहुँच भएका समुदायमा बाहेक ग्रामीण भेगमा बसोवास गर्ने समुदायका लागि अझै नयाँ नै छ । परम्परागत विश्वासलाई हेर्दा पृथ्वीलाई हात्तीले बोकेको र काँध फेर्दा हल्लने र भूकम्प आउने, सर्प वा माछाले कत्ला फेर्दा भूकम्प आउने साथै पृथ्वीमा पाप वा अधर्म बढेको र भगवान् कृष्णले बाँसुरी बजाई जनसमुदायलाई सुसूचित गराउँदा भूकम्प जाने जस्ता अन्धविश्वास नेपाली समुदायमा अझै छन् ।

तत्पश्चात् ०३७ सालमा सुदूर पश्चिमाञ्चल क्षेत्रमा गएको ६ दशमलव ५ रेक्टर स्केल म्याग्निच्युडको भूकम्पले बैतडी, बझाङ र दार्चुलामा १ सय २५ जनाको ज्यान गएको, २ सय ४८ जना गम्भीर घाइते भएको तथा लगभग २५ हजार घरमा क्षति पुग्नुका साथै ठूलो संख्यामा पशुचौपायाहरूको समेत नोक्सान भएको थियो । उदयपुरको मुर्कुच्ची इपिसेन्टर रहने गरी ५ भदौ २०४५ मा गएको भूकम्पले पूर्वाञ्चलका २२ जिल्लालाई प्रभावित पारेको थियो ।

उक्त भूकम्पबाट ७ सय २१ जनाको ज्यान गएको, ६ हजार ५ सय ५३ जना गम्भीर घाइते भएको तथा ६४ हजार १ सय ७४ निजी घर र १ हजार २ सय ५८ सार्वजनिक तथा सरकारी भवनमा क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको थियो । तत्पश्चात् विसं. ०५०, ०५१, ०५२, ०५४, ०५८, ०५९, ०६० तथा २०६८ मा समेत मुलुकका विभित्र ठाउँहरूमा भूकम्पको धक्का महसुस गरी हरेक घटनामा एकाध मानिसको ज्यान गएको, केही घरहरूमा क्षति पुगेको तथा पशुचौपायाहरूको नोक्सानी भएको देखिन्छ ।

 

हाम्रो देशमा पनि अब मौलिक घरलाई कसरी बढीभन्दा बढी बहुविपद्प्रतिरोधी बनाउन सकिन्छ, इन्जिनियरिङ अध्यायन संस्थानजस्ता उच्चस्तरीय संस्थामा नेपालकै स्थानीय सामग्रीको प्रयोग गरेर कसरी न्यून खर्चमा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन सकिन्छ भत्रे विषयमा अध्ययन­अनुसन्धान हुनु जरुरी छ । उदाहरणको लागि भारतको गुजरातमा सन् २००१ मा भूकम्प गएपश्चात् त्यहाँको पुनर्निर्माण प्राधिकरणले भूकम्पका विज्ञहरूको राय, सल्लाह लिएर इन्जिनियरिङको डिप्लोमादेखि स्नातकोत्तर तहसम्मका पाठ्यव्रmममा भूकम्प र भूकम्पप्रतिरोधी निर्माणका विषय थपिएको थियो ।

त्यस्तैगरी सन् २०१० को भूकम्पपछि चिलीमा विद्यालयदेखि विश्वविद्यालयका पाठ्यव्रmम परिमार्जन गरिएको थियो । यसको साथ साथै भूकम्पप्रतिरोधी निर्माणको अध्यायन र अनुसन्धान गर्न राज्यले विश्वविद्यालयमा ठूलो लगानी गरेको देखिन्छ । जसले गर्दा अहिले चिलीमा भूकम्पप्रतिरोधी निर्माणका लागि नयाँनयाँ प्रविधि विकास भइरहेको छ । त्यस्तै चिली सरकार सन् २०१० को भूकम्पपछि विपद् न्यूनीकरणका लागि केही नीतिनियम र कानुन निर्माण गरेको थियो, जसको असर सन् २०१४ र २०१५ मा गएको भूकम्पमा देखियो र उक्त भूकम्पमा अति न्यून क्षति भएको थियो ।

तर, नेपालमा भूकम्पलगायतका विपद् न्यूनीकरणका लागि राज्य अग्रसर भएको देखिएको छैन । तर, प्राकृतिक प्रकोप कुनै पनि मानव हितमा हुँदैन । त्यसमा पनि भुइँचालो भत्रेििबत्तिकै प्रायको जिउ सिरिंग हुन्छ । यसको परिणाम कल्पनासमेत गर्न सकित्र । त्यसमा पनि काठमाडौं उपत्यका भूकम्पीय जोखिममा ११औँ स्थानमा रहेको र अति संवेदनशील क्षेत्र हो भनेर विज्ञहरूको मत रहेको विभित्र सञ्चारमाध्यममा आइरहेकै छ । मानवीय नियन्त्रणमा नभएको यो गम्भीर विषय हाम्रो देशमा विभित्र कालखण्डमा घटेको प्रमाण इतिहासमा उल्लेख छ ।

मुलुकको बारेमा कुरा गर्नुपर्दा इतिहासलाई नजरअन्दाज गर्दा हाम्रो देशमा विभिन्न कालखण्डमा भएका प्रकोपले ठूलो जनधनको क्षति गरेको थियो । उपरोक्त इतिहास र प्रमाणहरूको आधारमा अब के हामी यसरी आउन सक्ने सम्भावित प्रकोपप्रति सचेत छौँ त भन्ने विभिन्न विज्ञहरुले दिएको यस खाल्डोसलाई पूर्ण असुरक्षित रहेको तर्कले सम्भावित घटनालाई अझ प्रस्ट्याउँछ ।

अर्कोतर्फ विभिन्न समयमा गएको भुइँचालो र त्यसमा हुन सक्ने पुनरावृत्तिलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । यसरी पुनरावृत्तिका क्रममा निश्चित समयमा ठूला–ठूला भूकम्प जान सक्ने विज्ञहरुले औँल्याएका छन् । यसको चर्चा–परिचर्चाको क्रममा मुख्य भूकम्प र यससम्बन्धी तथ्यलाई हेर्दा वि.सं. १३१० देखि भूकम्प गएको जानकारी लिखित दस्तावेजबाट पाउन सकिन्छ । १९९० साल र त्यसयता भएका वि.सं. ०३७, ०४५ र ०७२ सालको भूकम्प तथा त्यसका पराकम्पबाट पनि सयौँ मानिसको अकालमा ज्यान गुमाएको इतिहास छ ।

भूकम्प कसरी जान्छ भत्रे विषय केही सिमित सूचना, सञ्चार र शिक्षाको पहुच भएका समुदायमा बाहेक ग्रामीण भेगमा बसोवास गर्ने समुदायका लागि अझै नयाँ नै छ । परम्परागत विश्वासलाई हेर्दा पृथ्वीलाई हात्तीले बोकेको र काँध फेर्दा हल्लने र भूकम्प आउने, सर्प वा माछाले कत्ला फेर्दा भूकम्प आउने साथै पृथ्वीमा पाप वा अधर्म बढेको र भगवान् कृष्णले बाँसुरी बजाई जनसमुदायलाई सुसूचित गराउँदा भूकम्प जाने जस्ता अन्धविश्वास नेपाली समुदायमा अझै छन् ।

विज्ञान र प्रविधिको उच्च विकास भइसकेको विश्वसामु हाम्रो छिमेकी राष्ट्र चीनले कृत्रिम चन्द्रमा निर्माण गरिसकेको छ । तर, नेपाली समुदाय भने आधारभूत विज्ञानसम्बन्धी ज्ञानबाट वञ्चित नै छौँ । यद्यपि, देशमा दिनानुदिन च्याउझैँ बनेका गगन चुम्ने संरचनाले कुन हदसम्म उक्त प्रकोपलाई थेग्न सक्ने या नसक्ने, यस विषयमा पहिलो बहस हुनु जरुरी छ ।

भूकम्प बाजा बजाएर आउँदैन यसबाट बच्नको लागि जनचेतना र यसबाट बच्ने उपायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सरसल्लाह लिई गम्भीर भएर बेलैमा सोचविचार पु¥याउन सक्नुपर्छ । यसको लागि सरकार, नागरिक समाजका बुद्धिजिवी वर्ग, राजनीतिक पार्टीहरू आदिले वेलैमा यस बारेमा ठोस निर्णय लिनुपर्ने स्थिति खट्किएको छ ।

प्रतिक्रिया