विद्यालयमा रकम अनियमितता

कालिकोट । पछिल्लो समय अनेक मुद्दाबाट सफलता हासिल गरेको पलाँता गाउँपालिकामा पुनः अर्को धक्का लागेको छ । जिल्लाको पलाँता गाँउपालिका वडा नं १ मा रहेको कालिका माध्यामिक विद्यालयमा आर्थिक अनियमितता भएको पाइएको छ । गाउँपािलकाले बिद्यालयको हरहिसाव दिन एक बिद्यालयलाई परिपत्र गर्दै राय पेश गर्न निर्देशन गरेको हो ।

कालीका माध्यमिक विद्यालय पुलाह १ मा आर्थिक वर्ष २०७५–०७६ मा अन्तीम चौमासिक र चालु आर्थिक वर्ष २०७६–०७७ को पहिलो चौमासिकको खाजा भत्ता, छात्राबृत्ति र शुन्य दरवन्दीको रकम गाउँपालिकाले पठाएको भएतापनि वालवालिकाले नपाएको गुनासोका आधारमा गाउँपालिकाले बिद्यालयको राय मागेको हो । १५ महिनाको खाजा रकम, छात्राबृत्ति र सुन्य दरवन्दीको रकम कहाँ कति खर्च भयो त्यसको एकिन रिर्पोट गाउँपालिकामा पेश गर्न पत्रमा भनिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत राजवहादुर बमले हस्ताक्षर गरेको पत्रमा सो रकम बितरण पनि नभएको र बिद्यालयको खातामा पनि नभएको कारण कहाँ कसले हिनामिना गरेको छ यर्थात जानकारी दिन २०७६ पुस २७ गते पत्रचार गरि राय पश गर्न भनिएको छ । छात्राबृत्ति, खाजा रकम र हुन्य दरवन्दीको रकम अहिले सम्म नपाएको भन्दै बिद्यार्थीले बिद्यालयमा तालावन्दी गरेपछि गाउँपालिकाले रकम हिनामिना भएको जानकारी पाएको र खोजि गर्दा खातामासमेत रकम नभेटिएकोले राय पेस गर्न पत्राचार गरिएको प्रमुख प्रशासकिय अधिकृत राजवहादुर बमले बताए । उनले रकम नपाएको भन्दै अभिभावकले बिद्यालयमा तालावन्दी गरे, अनि थाह पाएर बिद्यालय परिवारसँग जानकारी मागिएको सबताए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानवहादुर भण्डारी वडा नं १ को निर्वाचित अध्यक्ष पनि हुन । उनले अघिल्लो वर्षकोसमेत रकम कुनै ठाउँमा पनि नदेखाएको गाउँपालिकाले जनाएको छ । पलाँताका अन्य बिद्यालयको खाता बिद्यालयका पधानाध्यापक र लेखापालको नाममा छन् । तर, कालीका मावि पुलाहको खाता स्वयं वडा अध्यक्षको नाममा अझै पनि छ् । वारम्वार खाता बिद्यालयका कर्मचारीकै नाममा खुलाउनु भन्दा पनि अटेर गरेको कारण खाजा रकम, छात्राबृत्ति आदी रकम हिनामिना गरेको र अहिले थाह भएको गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर वमले बताए ।

रकम किन वाढिएन भन्ने प्रश्नमा बिद्यालयका प्रधानाध्यापक पदमवहादुर वुचामगरले निजि श्रोतवाट सञ्चालन भएको बिद्यालयमा केही रकम शिक्षकलाई तलव खुवाउनु पर्ने भएकोले उता खर्च भएको र केही रकम आफूले निकासा गरी राखेको बताएका । तत्काल रकम वाढ्ने उनको भनाई छ । आर्थिक वर्ष २०७५–०७६ मा रकम तीन किस्तामा हाल्नु पर्नेमा गाउँपालिकाले एकै पटक २०७६ सालको असारमा निकासा दिएकाले वाँड्न ढिलाई भएको प्रधानाध्यापक मगरले बताए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पनि गाउँमा नभएकाले ढिला भएको हो, रकम हिनामिना नभएको जिकिर उनको छ । अवको केहि दिनमै खाजा वापतको पैसा वितरण गर्ने बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया