टिकटक भिडियो बनाउँदा कञ्चटमा गोली लाग्यो

एजेन्सी । पछिल्लो समय निकै चर्चित एप हो, टिकटक । यसको कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना भएका छन् । टिकटक भिडियो बनाउने चक्करमा भारतको उत्तरप्रदेशस्थित बरेलीमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो ।

टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् । केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।

उनको बेडरुममा पुग्दा उनी रगतले आहाल भएका थिए । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले उनको मृत्यु भएको घोषणा गर्यो ।

प्रतिक्रिया