मेलिना आवाजमा ‘चमेली’

काठमाडौं । गायिका मेलिना राईको आवाज रहेको गीत ‘चमेली’ सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार पारिएको गीतको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् ।

भिडियोमा पुजन घिमिरे र वरूणको अभिनय छ । भिडियोमा मोडल पुजनलाई नेपाली चोली र फरियामा उतारिएको छ । गीतमा बालकलाकार ओजस्वी दुलालको समेत अभिनय छ ।

शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको गीतको छायांकन सुजन श्रेष्ठ र सम्पादन अर्जुन पोखरेलको रहेको छ । गीतकार श्रेष्ठले एउटा गाउँले केटीको चञ्चलेपनको वर्णन गीतमा गरिएका

प्रतिक्रिया