डिबीले ल्याए ‘नियत’

काठमाडौं । सञ्चारकर्मी डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ बजारमा आएको छ । पुस्तकको अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले संयुक्तरूपमा विमोचन गरे ।

सम्पादक अमृतले खड्काले सरल र मीठो भाषामा चलचित्र क्षेत्रभित्र मौलाएको प्रवृत्ति केलाउने कोशिस गरेको बताए । उनले भने, ‘चलचित्रका विषयमा नेपालमा कमै लेखिएका पुस्तक छन् । डिबीले यस विषयमा गहिरिएर यस क्षेत्रलाई खोतल्ने प्रयास गरेका छन् ।’

कार्यक्रममा अभिनेत्री रेखाले पुस्तक आफूलाई असाध्यै मनपरेको जिकिर गरिन् । उनले भनिन्, ‘पुस्तक जति पढ्यो उति मजा लाग्यो । फिल्म बनाऊँ जस्तो लाग्यो । पढ्दै जाँदा रुचिपूर्ण कथाजस्तो लाग्यो ।’

त्यसैगरी अभिनेत्री स्वस्तिमाले खड्काले लेखेको पुस्तकले आफूलाई तानेको सुनाइन् । उनले आफू कहिल्यै किताब नपढ्ने मान्छे भए पनि घर पुग्नेबित्तिकै पढेको बताइन् । उनले भनिन्, ‘मैले चलचित्र क्षेत्रमा धन्न सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुव्र्यवहार खेप्नु परेन ।’

कार्यक्रममा अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकतालाई कलात्मकरूपमा चित्रण गरिएको बताइन् । उनले पुस्तकमा उल्लेख गरिएका कतिपय विषयले आफू निकै प्रभावित भएको विचार व्यक्त गरिन् ।

प्रतिक्रिया