सनराइज बैंकको क्यास ब्याक योजना

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सन्राइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । माघ १ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सन्राइज बैंकका डेबिट÷क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २५० क्यास ब्याक र ई–कर्मशमा कारोबारमा २५० क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट÷क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट÷क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु१५ हजार वा सो भन्दा बढिको खरिद कारोबार गरेमा १ हजार क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ दशमलव ५ सय सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया