अर्थबजार

नेशनल लाईफद्धारा मृत्यू दावी रकम भुक्तानी

सौर्य अनलाइन २०७६ पुष २९ गते १९:०६ मा प्रकाशित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक करोड तीन लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा मंगलबार एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको सो मात्राको मृत्यू दावी भुक्तानी गरेको हो । उक्त कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्व. दंगालको धर्मपत्नी श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

दंगालको २०७६ साल कार्तिक ४ गते दुर्घट्नाको कारणबाट मृत्यु भएको थियो । उनले २०७६ साल असार ३१ गते ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन बीमालेख खरीद गरेका थिए । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय