एनआइसी एसिया बैंकमा बम भेटियो

काठमाडौँ । सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा बम भेटिएको छ । सो बैंमा मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

बैंक कार्यालयको भर्यार्ङमा राखिएको उक्त बम बैंकका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बमबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको टोलीले बम निस्कृय पारेको हो ।

प्रतिक्रिया