‘कोपिला’ को च्यारिटी

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको विषयमा बनेको चलचित्र ‘कोपिला’ को च्यारेटी गरिने भएको छ । स्व. निर्मलाको परिवारलाई सहयोग गर्ने लक्ष्यका साथ मकवानपुर जागरण अभियान नेपालले आगामी १० माघमा हेटाँैडाको एनएस चलचित्र भवनमा च्यारेटी गर्न लागेको हो ।

चलचित्र च्यारेटीको सन्दर्भ पारेर स्व.निर्मलाको परिवारलाई हेटौँडा बोलाइृ ५० हजार सहयोग गर्ने अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । केही समयअघि चलचित्र पञ्चायतको च्यारेटीबाट उठेको रकमसमेत निर्मलाका परिवारलाई सहयोग गर्ने उनले बताए ।

निर्माता मणिराज गौतमले स्व. निर्मलाको विषयमा केन्द्रित रही ‘कोपिला’ निर्माण गरिएको बताए । चलचित्रमा ‘कोपिला’ को भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छन् । चलचित्रमा संजिवनीका साथमा सरिता गिरी, गणेश गिरी, अस्मिन घिमिरे, ऋद्धिचरण श्रेष्ठ, जुनिपर पौडेल, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्यलगायतका कलाकारको अभिनय छ ।

गणेश गिरीको प्रस्तुति रहेको ‘कोपिला’ को निर्देशन शिवम अधिकारीले गरेका हुन् । कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र रामेश्वर कार्की छायांकन रहेको छ । दीपक शर्माको संगीत रहेको छ ।

प्रतिक्रिया