‘लप्पन छप्पन २’ को टिजर

काठमाडौं । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । आगामी १२ वैशाखमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको १ मिनेट २३ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा जालझेल र बदलाको विषयलाई देखाएको छ । साथै, टिजरमा कलाकारलाई भिन्न रूपमा प्रस्तुत गरिएको छ ।

एक्सनप्रधान यस चलचित्रमा अभिनेता शिव श्रेष्ठ, दीपक क्षेत्री, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, विशाल पहारी, किशोर भट्ट, प्रकाश कुँवर, नविन मानन्धर, अभिनेत्री सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतका कलाकारको अभिनय छ । ‘लप्पन छप्पन २’ बाट अभिनेता शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, रन्जीत ओन्ता, सिर्जना सिना लगायतका कलाकारले अभिनयमा डेब्यु गर्दै छन् ।

निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद रहेको यो चलचित्रमा पटकथामा अमित शर्माले उनीहरूलाई सघाएका छन् । पुरूषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ ।

प्रतिक्रिया