राणाको ‘मायाको’ बजारमा

काठमाडौं । गीतकार सिन्धु राणाको १३औँ एल्बम ‘मायाको’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा पूर्वप्रधानसेनापति प्रज्जवल शमशेर जबरा, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतले उक्त एल्बमको विमोचन गरे ।

एल्बममा ‘रमाइलो दिन थियो’, ‘मायाको’, ‘मेरी जुनीलाई’, ‘किन उर्लिन्छ’, ‘हाम्रो माया’, ‘दिन सम्झी सम्झी’, ‘म आफैं केही होइन’, ‘न्यानो घाम’, ‘जे जे भएँ’ र ‘मेरो सपना’ बोलका गीत छन् । गीत ‘मायाको’ र ‘न्यानो घाम’मा पूर्वप्रधानसेनापति प्रज्जवल शमशेर जबराको शब्द छ ।

गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, संगीता राना प्रधान, विश्व नेपाली, गायिका सपनाश्री, मिलन अमात्य, बानिका प्रधान, रविन्द्र राई, नरेन्द्र प्यासी, मनिला सोताङ र शिव परियारको आवाज रहेको छ ।

गीतमा नरेन्द्र प्यासी, शक्ति बल्लभ, राजनराज शिवाकोटी, आशिष अविरल, हरि लम्साल, अमुल कार्की ढली र सचिन सिंहको संगीत छ । एल्बममा रहेको ‘मायाको’ र ‘मेरी जुन’ बोलको गीतको भिडियो निर्माण भइसकेको छ । एल्बमको म्युजिक नेपालले उत्पादन र बजारीकरण गरेको छ ।

प्रतिक्रिया