शिक्षक नियुक्तिमा झडप, प्रधानाध्यापकले गरे हातपात

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–७ स्थित श्री पञ्चकालिका माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिका विषलाई लिएर प्रधानाध्यापक र स्थानीय अभिभावकबीच मनमुटाव भएको छ । अभिभावकले शिक्षक नियुक्ती गर्दा कागजात पूरा नभएको भन्ने आवाज उठाएपछि स्थानीय दिलबहादुर शाहीलाई प्रधानाध्यापक लक्ष्मण शाहीले सार्वजनिक स्थलमा धारिलो हतियार प्रयोग गरी निधारमा गहिरो चोट पुग्ने गरी हातपात गरेको घाइतेका छोरा बखत शाहीले जानकारी दिएका छन् ।

शिक्षकमा नियुक्ति भएका शुभकालिका गाउँपालिका–८ का रमेश महतारा र दलवीर शाहीको अध्यापन अनुमती पत्र (लाइसेन्स) नभएको स्थानीयले बताएका छन् । यस विषयमा हामीले गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पराज आचार्यलाई वास्तविक के हो भनी बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । नक्कली कागजात मिलाएर जागिरमा नियुक्ती गर्न पाइँदैन भनेर आवाज उठाउँदा प्रधानाध्यापकले सार्वजनिक स्थल चौकी बजारमा मदिरा सेवन गरी हातपात गरेरका हुन् । निधार र टाउकोमा चोट पुग्ने गरी हातपात गर्दा दिलबहादुर शाही गम्भीर घाइते भएका छन् । शाहीलाई उपचारका लागि सुर्खेत लाने तयारी भइरहेको उनका छोरा बखत शाहीले जानकारी दिए । होटल व्यवसायी पंखबहादुर महताराको होटलमा साँझपख घरफर्किने वेला दिलबहादुर शाहीमाथि हातपात गरेर निधारमा गहिरो चोट लाग्ने गरेर तामाको लोहोटा प्रयोग गरी ज्यान मार्ने गरी हातपात गरेको घाइतेका अर्का छोरा दीपक शाहीले बताएका छन् ।

यस विषयमा वास्तविकता केहो भनी पञ्चकालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण शाहीलाई बुझ्दा उल्टै आरोप लगाएका छन् । घाइते दिलबहादुर शाहीले नै मदिरा सेवन गरी शिक्षक नियुक्तीका विषयलाई लिएर झगडा गर्न खोजेको प्रधानाध्यापकको आरोप छ । विद्यालयका शिक्षिका कामना शाहीले पनी शिक्षक नियुक्तीका विषयलाई लिएर विद्यालयमाथि हस्तक्षेप भएको बताएकी छन् । प्रधानाध्यापकका अनुसार पहिला घाइते दिलबहादुर शाहीले नै शिक्षकमाथि मदिरा सेवन गरी हमला गरेको बताएका छन् । घाइतेको उपचार खर्चका लागि दोहोरो सरसल्लाह अनुसार सोच विचार गर्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मण शाहीले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया