बजार पिट्दै इन्दिराको ‘मोया’

काठमाडौँ । गायिका इन्दिरा गैरेको गीत ‘मोया’ दर्शक स्रोताको रोजाइमा परेको छ । केही समय अघि युट्युबमार्फत सार्वजनिक उक्त गीतले दर्शक स्रोताको मायाँ पाएको हो । शरद पाण्डेको शब्द तथा अर्जुन सापकोटाको संगीत रहेको सो गीतमा गायक रबिन लामिछानेले गायिका गैरेलाई आवाजमा साथ दिएका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्ण बिकको संगीत संयोजन रहेको छ । त्यस्तै काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियो अजय रेग्मीले क्यामेरामा कैद गरेका छन् भने दिपक बिष्टले सम्पादन गरेका छन् ।

रक्षा श्रेष्ठ र अर्जुन गौतमले गीतको भिडियोमा अभिनय गरेका छन् । ताजा इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । मायाप्रेमका बिषयलाई गीतको शब्दमा समावेश गरेर मौलिक गीत र भिडियो बजारमा ल्याएको गायिका गैरेले बताइन् । ‘चलन चल्तीका भाषा र मौलिकताको पाटो गीतको शब्दमा समावेश गरिएको छ, दर्शक स्रोताहरुको पनि उत्तिकै मायाँ पाएको छ’, उनले भनिन् ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका– २ स्थायी घर भएकी गायिका गैरे सानैदेखि अध्ययनसँगै लोक संगीतलाई माया गर्ने गरेको जानकारी दिइन् । ०६८ सालमा स्नातक तह अध्ययनको लागि बुटवलमा झरेकी गैरेलाई त्यो बेला खर्च जुटाउन धौधौ भएको सुनाइन् । ०७० सालबाट सञ्चालनमा आएको बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्रशासन कर्मचारीको रुपमा काम गरेको उनले जनाइन् ।

बुटवलमै रहेर विभिन्न राष्ट्रिय दैनिकलगायतका पत्रपत्रिकामा काम गरेर सञ्चार क्षेत्रको अनुभवसमेत बटुलेको गायिका गैरेले जानकारी दिइन् । सानैदेखि गायिका बन्ने सपना बुनेकी गायिका गैरेले ०७४ सालमा ‘मायाले खान दिन्न बरीलै’ बोलको तिज गीत बजारमा ल्याएर गायनमा प्रवेश गरेको जानकारी दिइन् । त्यसपछि क्रमसः अर्को गीत ‘परदेशीको कहानी बोलको गीत ल्याएको उनले बताइन् । त्यसपश्चात् गायिका गैरेले एकाएक गीत बजारमा ल्याएर आफू आम दर्शक स्रोतामाझ चिनिएको जिकिर गरिन् । उक्त गीत ‘मोया’ लगायत करिब दर्जनको हाराहारीमा आफ्ना गीत बजारमा आएको उनले जनाइन् ।

प्रतिक्रिया