इरानमा १८० यात्रु बोकेको जेट विमान खस्यो

तेहरान । इरानको राजधानी तेहरानको इमाम खोमेनी विमानस्थल नजिक १८० यात्रु बोकेको विमान खसेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युक्रेनी विमान बुधबार बिहान दुर्घटना भएको हो।  प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।

फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।

प्रतिक्रिया