भिजिट नेपाल २०२० र हाम्रो पाटो

सरकारले भिजिट नेपाल २०२० घोषणा गरेको वर्ष हो यो । सिंगो नेपालभरी विश्वका पर्यटकहरूलाई आमन्त्रण गर्ने सरकारको नीतिअनुसार भ्रमण वर्ष २०२० लाई लिइएको छ । यसलाई सफल बनाउन देशव्यापी महोत्सवहरूको आयोजना गरेर वाह्य तथा आन्तरिक पर्यटनलाई बढावा दिनु सरकारलाई सघाउनु नै हो । हामीसँग रहेका तिनै तहका सरकारले आ–आफ्नो तहमा तहगत योजना निर्माण गरेर कामलाई तिव्रता दिनु पर्दछ । सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई निम्ता गर्न सकेमा भ्रमण वर्ष सार्थक र सफल हुनेछ ।

हाम्रा पर्यटकीय स्थलहरूको पुनःनिर्माण तथा मर्मत सम्भार र संरक्षणका लागि सोचविचार गर्न सकेमा मात्र पनि यो भ्रमण वर्ष सफल हुने छ । अहिले हामीले जुन महोत्सवहरू आयोजना गरिरहेका छौँ यसलाई व्यस्थित बनाउन सक्नु पर्दछ । मेला तथा महोत्सवहरूलाई ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक हिसाबले व्यापक प्रचार प्रसार गर्न नसकेमा पर्यटन वर्ष २०२० कागलाई बेल मात्र हुने छ ।

मेला महोत्सवहरू आफैँमा व्यवसायिक तथा प्रचारमुखी हुन जरुरी रहन्छ । तर अधिकांश मेला महोत्सवको तयारी हेर्दा एक किसिमको उराठलाग्दो अवस्था देखिन थालेको छ । घोषणा भएका त छन् । तर घोषणा हुनुमात्र काम हुँदै होइन । यसपछि गर्नु पर्ने थुप्रै कामहरू बाँकी देखिन्छन् । कुन ठाउँमा किन महोत्सव भन्ने प्रश्नहरूको व्यापक उत्तरहरूको स्पष्ट जवाफ आयोजकहरूले दिन नसके महोत्सव सानो भोजभतेरवाला कार्यक्रम जस्तो मात्र हुन्छ । कार्यक्रम असफल हुन्छ । सफल बनाउन सबै तहका सरकारका सबै अंगहरू परिचालित हुनका साथै आम स्थानीय नागरिकहरूलाई उत्तिकै परिचालन गर्न जरूरी छ ।

दुर्बलपक्षका रूपमा पूर्वाधारमा न्युन लगानी, सडक सञ्जालमा कम पहुँच, पब्लिक तथा प्राईभेट क्षेत्रसँगको सहकार्य कमजोर , लक्षित समूहको बारेमा बजारीकरण तथा प्रचारको अभाव, समग्रताको बढी ब्याख्खा, निश्चित क्षेत्रलाईमात्र पर्यटन पूर्वाधारको पूरक मानिएका जस्ता कुराहरू उल्लेख गरिएको छ

नेपाल सरकारको राष्ट्रिय योजना आयोगले ‘समृद नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारा तय गर्दै १५ औँ पञ्चवर्षीय योजना निर्माण गरेको सन्दर्भमा ५५ वटा सूचकहरूको तयार पार्दा पर्यटन प्रर्वद्धनलाई समेत महत्वपूर्ण रूपमा उल्लेख गरेको छ । यसरी निर्माण भएको १५ आैँ पञ्चवर्षीय योजना कार्यन्वयन पूरा हुन सन ०८०÷०८१ सम्म लाग्ने गरी तय गरिएको योजनाहरूलाई सम्पन्न गर्न सरकारले समृद्धीका ३२ सुचक र सुखीको २३ सुचकहरू राखिएका छन् । नारा तय गर्दा तथा योजना निर्माण गर्दा ताका नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ९ प्रतिशतले रहेकामा लक्ष्य हासिल गर्दाको बखत १० दशमलव ३ प्रतिशतले पु¥याउने लक्ष्य राखिएकाले पनि यो भ्रमण वर्ष २०२० को निकै महत्व रहेको छ ।

अहिले हुन गइरहेको भिजिट नेपाल २०२० को गुरु योजना सन् २००९ मै तयार पारिएको योजना हो । २००९ मा पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नेपाल पर्यटन भिजन २०२०को गुरु योजना प्रकाशन गरेको थियो । जसमा नेपालको पर्यटन क्षेत्रको सबल र दुर्बल पक्षहरू केलाइएको छ । यसका अवसर र चुनौतिहरूका बारेमा समेत उल्लेख गरिएको त्यो रिर्पोटलाई आधार मान्ने हो भने हामा्र सबल पक्षहरू विश्वको अग्ला हिमालहरू, प्राकृतिक सुन्दरता , मनोरम तथा स्वच्छ वातावरण, साहासिक पर्यटन यात्रा, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, स्थानीय रहन सहनहरूलाई राखिएको छ ।

दुर्बलपक्षका रूपमा पूर्वाधारमा न्युन लगानी, सडक सञ्जालमा कम पहुँच, पब्लिक तथा प्राईभेट क्षेत्रसँगको सहकार्य कमजोर , लक्षित समूहको बारेमा बजारीकरण तथा प्रचारको अभाव, समग्रताको बढी ब्याख्खा, निश्चित क्षेत्रलाईमात्र पर्यटन पूर्वाधारको पूरक मानिएका जस्ता कुराहरू उल्लेख गरिएको छ ।

यी माथिका कुराहरू हेर्दा हाम्रा दुर्बल पक्षहरूलाई सबल बनाउनेतर्फ हामी कति अगाडि बढेका छौँ भन्ने प्रश्नका उत्तरहरू अब हाम्रा कार्यक्रमहरूले दिनु पर्दछ । सन् २००९ भन्दा यता हामीले कति पूर्वाधारहरूमा लगानी ग¥यौँ र यसको उपलब्धि के रह्यो ? यसको खोजी हुनु पर्दछ । हाम्रा सडक सञ्जालमा पहुँच कतादेखि कता पुग्यो यसको मार्गचित्र देखिनु पर्दछ । त्यसवेलाको सडकको पहुँच (रोडहेड) अहिले भन्दा कति गाह्रो थियो यसको जवाफ हामीले दिनु पर्दछ । पब्लिक तथा प्राईभेट क्षेत्रसँग हाम्रो सम्बन्ध कस्तो छ । कहाँसम्म हामीले सहकार्य गर्न सक्यौँ ? यसको उत्तर नमुनाका रूपमा देखाउन यो महोत्सवहरूले काम गर्नु पर्दछ ।

हामी बहुभाषिक बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक छौँ । यसमा हाम्रा रहन सहन कस्तो रहेको छ ? भाषा संस्कृतिमा के के रहेका छन् । परम्पराहरू कसरी चलिएका हुन् । यसको अवस्थाको बारेमा हामीले चिन्तन गर्नु पर्दछ । हाम्रा वेसभूषाहरू र परम्परागत खाना तथा परिकारहरूको स्वाद र प्रचार गर्न महोत्सवहरूले सघाउ पु¥याउन पर्दछ ।

हामीसँग भएका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको चिनारी दिन र यसको महत्वका बारेमा बुझाउन सकेमा हामीले हाम्रा पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न सक्छौँ । आन्तरिक तथा वाह्य जोसुकै भएपनि पर्यटक भनेका पाहुना हुन भन्ने मानसिकताको विकास गराएर यसलाई व्यवस्थापन गर्न सकेमा मात्र पर्यटन वर्ष २०२० को सार्थकता पूरा हुनेछ । अन्तमा हामीले गर्ने महोत्सवहरू गर्नका लागिमात्र गरिएको जस्तो नभई स्थायी र दिगो रूपमा प्रभावकारी बनाउने दायित्व सबै नेपालीको हो ।

प्रतिक्रिया