सम्पदा विनाको भ्रमण वर्ष

०७२ को विनाशकारी भूकम्पमा १ हजार ३ सय २० वटा गुम्बामा क्षति पुग्यो । हालसम्म तीनको पुनर्निर्माण कार्य हुन सकेको छैन । ३२ जिल्लाका ८ सय ९१ वटा सम्पदामा क्षति पुगेको थियो । हालसम्म ३ सय ८७ वटाको मात्र पुननिर्माण भएको छ । भत्केको र अटेकाको भरमा रहेका छन् । पर्यटकको मुख्य आधार भनेकै सम्पदा हो यो नै पुननिर्माण हुन सकेको छैन । सम्पदा प्रति सरकार उदासिन देखिएको छ । पुनर्निर्माणको अबस्था हेर्दा सरकारले सम्पदाविनाको भ्रमण वर्ष मनाउन लागेको भन्दा फरक नपर्ला 

काठमाडौं । हामी यतिवेला भ्रमण वर्ष भ्रमण वर्षको संघारमा आइपुगेका छौँ । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूर्वाधारको तयारी कम गरे पनि सरकारले लक्ष्य भने महत्वाकांक्षी राखेको छ ।

नेपाल भ्रमण वर्ष–२०२० सरकारले तामझामका साथ मनाउने तयारी गरिरहेको छ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनासमेत अगाडि सारेको छ । विश्वसम्पदा जोड्ने पदमार्ग निर्धारण गरिएको छ । गतवर्षदेखि नै सो कार्यलाई तीव्रता दिइएको थियो । तर, विश्वसम्पदाको पुनर्निर्माणतर्फ भने सरकारले ध्यान दिन सकेको छैन ।

यता पर्यटकलाई आकर्षक गर्न मुख्य हस्ती सम्पदाले भने पुनर्जिवन पाउन सकेका छैनन् । पर्यटन पूर्वाधारमा निकै कमजोर मानिएको नेपालको पर्यटन क्षेत्र सम्भावना भएर पनि सरकारको आँखाबाट टाढा छ । १२ लाख पर्यटक भित्र्याउन मुस्किल परेको नेपाललाई २० लाख पर्यटक ल्याउन पूर्वाधार नै बाधक बन्ने सम्भावना देखिन्छ ।

नेपाल यस्तो देश हो जहाँ सम्पदा परम्परा नै आकर्षक छन् । विशेषगरी, नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकको आकर्षणको मुख्य केन्द्र भनेकै सम्पदा हुन् । त्यसमाथि पनि उपत्यकालाई त सम्पदाको सहरको रूपमा चिनिदै आएको छ । यसरी पर्यटकको आधा हिस्सा ओगट्ने सम्पदा भने यतिवेला मरणासन्न अवस्थामा रहेका छन् ।

प्राकृतिक सौन्दर्यबाहेक पर्यटकले चासो राख्ने रीतिरिवाज, परम्परा, पुराना ऐतिहासिक सम्पदा, र कलाकौशलको उचित व्यवस्थापन भएको छैन । ऐतिहासिक र पुरातात्विक पूर्वाधार अझै टेकोको भरमा अडिएका छन् । अधिकांश सम्पदाहरू भग्नावशेष अवस्थामा नै रहेका छन् । अहिले पनि विश्वसम्पदामा सूचीकृत वसन्तपुर, पाटन, भक्तपुर जस्ता पर्यटकीय स्थलमा जाने हो भने महत्वपूर्ण सम्पदालाई टेको लगाएर राखेको देख्न सकिन्छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएका सम्पदा पुनर्निर्माण हुन नसक्दा भ्रमण वर्षलाई नै टेको लगाएर अड्याउन खोजेजस्तो देखिन्छ ।

०७२ को विनाशकारी भूकम्पमा १ हजार ३ सय २० वटा गुम्बामा क्षति पुग्यो । हालसम्म तीनको पुनर्निर्माण कार्य हुन सकेको छैन । ३२ जिल्लाका ८ सय ९१ वटा सम्पदामा क्षति पुगेको थियो । हालसम्म ३ सय ८७ वटाको मात्र पुननिर्माण भएको छ । भत्केको र अटेकाको भरमा रहेका छन् । पर्यटकको मुख्य आधार भनेकै सम्पदा हो यो नै पुननिर्माण हुन सकेको छैन । सम्पदा प्रति सरकार उदासिन देखिएको छ । पुनर्निर्माणको अबस्था हेर्दा सरकारले सम्पदाविनाको भ्रमण वर्ष मनाउन लागेको भन्दा फरक नपर्ला ।

यो अभियानलाई सफल बनाउन थुप्रै कार्यक्रमको आयोजना भइरहेका छन् । पर्यटकले रुचाएका ठाउँलाई अझ सुविधा सम्पन्न बनाउने काम पनि धमाधम चलिरहेको छ । त्यस्तै विभिन्न ठाउँका चलन चल्तीमा रहेका पदमार्गको स्याहार सम्भार गर्नेदेखि नयाँ पदमार्गको खोजी गर्ने सम्मको काम पनि तीव्र गतिमा भइरहेको छ । तर पर्यटकलाई खान, बस्न र हिँड्न चाहिने सुविधा मात्र उपलब्ध गराउनाले हाम्रो उद्देश्यको एउटा अंश मात्र पूरा हुन्छ ।

अर्थात् नेपाललाई एउटा ‘उत्कृष्ट पर्यटकीय गन्तव्य’को रूपमा विश्वसामु चिनाउने हाम्रो अभिलाषा अधुरो हुन्छ । पर्यटन क्षेत्रमा उत्साहजनक परिवर्तन ल्याउन हामीले गर्नुपर्ने काममध्ये पर्यटकको बसाइ लम्ब्याउने, निश्चित उद्देश्यका साथ आउने विशिष्ट र धनाढ्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य स्थलको विकास गर्नु पनि हो । यसै सन्दर्भमा यो लेख भौगर्भिक दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थललाई कसरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छ ।

भूकम्पपछिको पुनर्निर्माणमा सरकार उदासिन देखिँदा निर्माण थालिएका सम्पदा पनि अलपत्र छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गर्न सबैलाई आग्रह गरेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धि निजी क्षेत्रका व्यवसायीलाई भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नू पर्ने समेत बताइरहेका छन् ।

यता विश्वसम्पदामा सूचीकृत पशुपति, स्वयम्भु, चाँगुनारयण लगायतका सम्पदा भने उठ्न सकेका छैनन् । अबको एक वर्षभित्र ऐतिहासिक तथा धार्मिक संरचनाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्णमन्दिर, हनुमान ढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनी, प्रसूति गृह, वीर अस्पताल, नेपाली सेनाको जंगी अड्डा लगायतका संरचनाको पुननिर्माण सम्पन्न भएका छन् । धरहरा, रानीपोखरी, काष्ठमण्डप, वसन्तपुर दरबार, गोरखा दरबार, नुवाकोट दरबार, सिंहदरबार(उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कुल लगायतका संरचनाको पुनर्निमाण भइरहेका छन् ।

सगरमाथामा फोहोर, ट्राफिक जाम, आरोहणमा हुने मृत्यु, अव्यवस्थित तथा कुरुप पदमार्ग र फेक रेस्क्युका कारण नेपालको पर्यटन विश्वबजारमा बदनाम हँुदै गएको छ । सरकारले घोषणा मात्रै गर्ने तर कार्यान्वयनमा उदासिन देखिने प्रवृत्तिले भ्रमण वर्ष सफल होला र भन्ने प्रश्न भने यथावत नै छ । विगतमा नेपालमा पर्वतीय गन्तव्य र साहसिक गतिविधिका लागि मात्रै पर्यटक आउने गरेकोमा अब कला संस्कृतिका क्षेत्रलाई पनि उजागर गर्न सरकारले नयाँ अभ्यास थाल्न आवश्यक छ ।

भौगोलिक दृष्टिकोणले तराई, पहाड, र हिमालमा छुट्याए जस्तै भौगर्भिक दृष्टिकोणले नेपाललाई मुख्य रूपमा पूर्व–पश्चिम फैलिएका ठूलाठूला पाँच खण्डमा विभाजन गरिन्छ । दक्षिणबाट क्रमैसँगै भन्ने हो भने ती खण्डको नाम तराई, सिवालिक अथवा चुरे पहाड, लेसर हिमालय, उच्च हिमालय र तिबेटन टेथिस हिमालय हो । यी पाँचवटा खण्डमा बेग्लाबेग्लै खालको भू–बनोट, इतिहास र भौगर्भिक विशेषता छन् जसलाई पर्यटकीय दृष्टिकोणले व्याख्या गर्न र अवलोकन स्थलको पहिचान गर्न जरुरी छ ।

प्रतिक्रिया