हिन्दूधर्ममा प्रवेश गरेका त्रुटिहरू

इसाई धर्मावलम्बीहरूको चाड क्रिसमस भरखर सकियो । अब इशाई नयाँ वर्ष आउँदैछ । पछिल्लो समयमा नेपालमा पनि यी दुई चाड धुमधामसँग मनाउन थालिएको छ । क्रिसमस मनाउने नेपालीहरूमा इसाइभन्दा पनि गैर इशाई नै बढी भएको समाचारमा आएको छ ।

यतिवेला हामी कहाँ क्रिश्चियन धर्मलाई नयाँ ढंगबाट प्रचार गरिँदै छ । तर, हाम्रो धर्म संस्कृति भन्दा फरक ढंगबाट क्रिश्चियन धर्म प्रचार गर्न सकेनन् । रातो टीका नलाउनु, परम्रागत रूपमा मानिँदै आएका रीतिहरूलाई नमान्नु, पितृमातृ कार्य नगर्नु जस्ता कट्टरतालाई अँगाल्दै क्रिश्चियन धर्म प्रचार गर्न सकेको देखिएन ।

अहिले नेपालीहरूले मान्दै आएका सबै मान्यताहरू बाधक होइनन, सबै यथास्थितिमा राख्दै क्रिश्चियन धर्म मान्न सकिने नरम धारको उदय भएको छ । यही नरम धारको आड लाएर येशु र यहोवाको प्रचार गर्ने विभिन्न धार्मिक संस्थाहरू बनेका छन् । हिन्दू धर्ममा मानिसले ईश्वरको अस्तित्व आफूसँग तुलना गरेर ईश्वरको स्वरूप आफूजस्तै बनाए ।

यही हिन्दू धर्मको पहिलो त्रुटि थियो । किनभने ईश्वर ब्राह्मणीय स्वरूपमा हुन्छ भन्ने कुरालाई यद्यपि हाम्रा शास्त्रहरूमा बताइएको भए ता पनि यसलाई एउटा अवसरवादी धर्मभिरूहरूले आफ्नै ढंगबाट हिन्दू धर्मलाई व्याख्या गर्ने प्रयत्न गरे यो प्रयत्न जारी राखिरहन चहाने जमातको कमि अहिले पनि छैन ।

हिन्दू धर्ममा मानिसले ईश्वरको अस्तित्व आफुसँग तुलना गरेर ईश्वरको स्वरूप आफू जस्तै बनाए । यहि हिन्दू धर्मको पहिलो त्रुटि थियो । अवसरवादी धर्मभिरूहरूले आफ्नै ढंगबाट हिन्दू धर्मलाई ब्याख्या गर्ने प्रयत्न गरे यो प्रयत्न जारी राखिरहन चहाने जमातको कमि अहिले पनि छैन । कसैको आस्था माथि प्रहार गर्नु पनि त्यति सान्दर्भिक हुँदैन । तर, क्रिश्चियन धर्मलाई प्रचार गरिएको नयाँ शैली प्रति ध्यानाकर्षण हुन जरूरी छ । हिन्दू धर्मका नाममा रहेका बिद्धमान त्रुटिहरूलाई सच्याउन पनि त्यति नै जरूरी छ ।

धर्मका बारेमा हल्का टिप्पणी गर्ने काम सहज अवस्य छैन । कसैको आस्थामाथि प्रहार गर्नु पनि त्यति सान्दर्भिक हुँदैन । तर, क्रिश्चियन धर्मलाई प्रचार गरिएको नयाँ शैली प्रति ध्यानाकर्षण हुन जरुरी छ । हिन्दू धर्मका नाममा रहेका बुद्धिमान त्रुटिहरूलाई सच्याउन पनि त्यति नै जरुरी छ ।

हिन्दू धर्ममा त्रुटि कहाँनिर कसरी प्रवेश ग¥यो ? भन्ने बुझ्न यो प्रसंगले सजिलो होला । गाउँको गरिब किसानको छोरा सहरमा पढ्न आउँछ । उसले आफ्नो पढाइलाई अगाडि बढाउनुको साथै सरकारी नोकरी खान तयारी पनि गर्नुछ । सरकारी नोकरीका लागि केही परीक्षाहरू उत्तीर्ण गरिसकेको छ । एक दिन अचानक उसलाई अन्तर्वार्ता दिन बोलाइयो ।

अन्तर्वार्तामा जान पाउने खबरले उ अत्यन्तै खुसी भयो । खुसीको साथै निराश पनि भयो । किनभने अन्तर्वार्ता दिन दोस्रो सहरमा जानु थियो । तर, उसँग पैसा थिएन । कोठामा यताउता खोज्यो । मुस्किलले पच्चिस रुपैयाँ भेटायो । दोस्रो सहरमा गाडीबाट जान यो पच्चीस रुपैयाँले पुग्दैनथ्यो ।

आफूले गरेको आम्दानीले ट्युसन पढ्नु सहरको खर्च चलाउँदा मै अभाव थियो । दायाँबायाँ सरसापट पनि गरेको थियो । सरसापट लिएरका साथीहरूसँग मागोस् भने पनि पहिला लिएको तिरिसकेको थिएन । माग्न लाज लाग्यो । जे होस्, सुकिलो एक जोर कपडा र जुत्ता कसेर बस स्टपतिर लाग्यो ।

उसलाई लागेको थियो बसस्टपमा पुगेपछि कोही न कोही चिनजानको मान्छे आउन सक्छ, उसैसँग लिफ्ट मागेर अन्तर्वाता दिने ठाउँमा पुग्नेछु । तर, त्यस्तो चिनजानको कोही मानिस आएन । उ निराश भएर बस स्टपबाट बाहिर निस्कियो । नजिकै एउटा ठूलो मन्दिर देख्यो । त्यही मन्दिरमा गएर आफ्नो समस्याको अन्तिम पुकार ईश्वरसँग गर्ने र अवश्य आशा पूरा हुने विश्वासले मन्दिरभित्र पस्यो ।

ईश्वरको अगाडि उभिएर अब मेरो समस्याको समाधान तिमीले मात्रै पूरा गराउन सक्छौ । ईश्वरको अगाडि हात पसारो । विश्वास टुट्यो, हातमा केही लागेन । बाहिर निस्क्यो । घोप्टो परेर जुत्ताको तुना कस्दै थियो । ढोकाको छेउमा एउटा वृद्ध फकिर बसिरहेको र उसको अगाडिको भिक्षापात्रमा केही पैसा देख्यो । उसले ईश्वरलाई भन्यो, कस्तो विचित्र ! जसलाई पैसा चाहिएको छ उसँग छैन, जसलाई पैसा चाहिएको छैन उसको भिक्षापात्रमा यतिका पैसा ? ईश्वरको कस्तो न्याय !

जुत्ताको तुना कसेर उभिँदै थियो । वृद्ध फकिर बोल्यो । “युवा तिमी केही समस्यामा छौ । भन म केही सहयोग गर्न सक्छु कि, युवाले भन्यो–‘तिमी आफै मगन्ते छौ, मलाई के सहयोग गर्न सक्छौ ?’ वृद्ध फकिरले भन्यो –‘होला, तिमीलाई मलाई मगन्ते देख्यौ । केही फरक पर्दैन तर भन तिम्रो समस्या के हो ?’ युवाले भन्यो –‘म दोस्रो सहरमा अन्तर्वार्ता दिन जानुछ तर मसँग पैसा छैन ।’

वृद्ध फकिरले तुरुन्तै भन्यो– ‘तिमीलाई कति चाहिन्छ लिएर जाऊ, खासै मलाई पैसाको आवश्यक पनि छैन । मैले एक छाक खान्छु, केही पैसाले औषधि लिन्छु र बाँकि पैसा यो मन्दिरको दानपात्रा हालिदिन्छु ।’ यत्तिका लागि किन मन्दिरको ढोकामा माग्न बसेको त ? युवाले सोध्यो । फकिर भन्छ– ‘हो म मन्दिरको ढोकामा बसेको छु तर माग्न होइन तर मन्दिरमा आउनेले पुण्य कमाउन मलाई पैसा दिएर जान्छन्, लोकलाजका लागि । अहिले पैसा तिमीलाई आवश्यक परेको छ लिएर जाउ ।’

युवकले आफूलाई चाहिने पैसा भिक्षापात्रबाट झिक्यो । यो पैसा फर्काउन अवश्य यहाँ आउँछु भनेर बाटो लाग्यो । वृद्ध फकिरले भन्यो– ‘हुन्छ , जहिले आए पनि हुन्छ । म यहिँ हुन्छु ।’ युवक अन्तर्वार्ता दिन गयो । अन्तर्वार्तामा सफल भयो । फर्किने क्रममा युवकलाई लाग्यो, आज मैले एक वृद्ध फकिरको सहयोगले जीवन बदल्ने अवसर पाएँ ।

फर्किने वेलामा मैले किन उसलाई नभेटुँ । मेरो खुसीको खबर सुनाउँदै उसलाई किन धन्यवाद नदिऊँ । युवक हानिएर वृद्ध फकिरलाई भेट्न मन्दिरतिर लाग्यो । मन्दिरमा समय बदलिएको थियो । मन्दिरको ढोकामा भिड जम्मा भएको थियो । भिडलाई छिचोल्दै युवक त्यहाँ पुग्यो । तर, वृद्ध फकिर मरिसकेको थियो ।

त्यहाँ कसैले भन्यो– ‘फकिर बिमारी थियो सायद औषधि किन्ने पैसा नभएर औषधि खान नपाएर म¥यो ।’ त्यहीँ भिडबाट अर्को आवाज पनि आएको थियो– ‘एउटा भिकारी म¥यो ।’ युवकले भन्यो– ‘हे ईश्वर ! एउटाको उपकार गर्न अर्कासँग बलिदान मागिस् ।’ हरकोहीको पछाडि ईश्वर उभिरहेको हुन्छ । अन्तिम समस्यामा ईश्वरले मात्रै भरोसा टुट्न दिँदैन ।

उसले कहीँ न कहीँबाट नजर राखिरहेको हुन्छ । यही भरोसा टुटेन युवकको । एक वृद्ध फकिरको चिहानबाट एक युवकको जीवन टुसायो । यस्तै समस्यामा हामी पनि कहिँ न कहिँ ठोकिएका हुन सक्छाँै । भिडमा नहराउँदै कहिँबाट झुल्केका हुन सक्छाँै । ईश्वर सबैका एउटै हुन्, केवल आस्था तथा नाम मात्रै फरक फरक हो । (फेसबुकबाट)

प्रतिक्रिया