अरस्तुलाई ग्यालिलियो ग्यालिलीको चुनौती

पुस १० गते सूर्यग्रहण धेरैले मज्जाले हेरे । यदि ग्यालिलियो ग्यालिलीले टेलिस्कोपको आविष्कार नगरेका हुन्थे भने यस्तो अवशर नआउन पनि सक्थ्यो । आज विश्वले खगोलीय क्षेत्रमा जे जति चमत्कार गरेको छ , त्यसमा मुख्य योगदान ग्यालिलियोकै हो । वर्तमान विश्व ग्यालिलियोप्रति ऋणी छ ।

विश्व प्रसिद्ध महान वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म १५६४ , फेबु्रअरी १५ तारिखको दिन युरोपको दक्षिणतिर पर्ने भू–मध्य सागरको किनारा इटली भन्ने देशको तुस्कालीमा भएको थियो । ग्यालिलियोका बुबाको नाम विसेन्जयो हो भने उनी एक संगीतज्ञ थिए । ग्यालिलियो ६ वर्षको हुँदा सन् १५७० को सुरुतिर उनको परिवार तुस्कानी छोडेर इटलीको अर्काे प्रसिद्ध सहर फ्लोरेन्स बसाइँ सरेको थियो ।

त्यही फ्लोरेन्सको एक धार्मिक स्कुलबाट उनले प्राथमिक शिक्षा लिएका थिए । तर, ग्यालिलियो ग्यालिलिले म्याट्रिक पास भने १५८१ मा पिसा विश्वविद्यालयबाट गरेका थिए । त्यसपछि उनले बाबुको इच्छा अनुसार पिसा विश्वविद्यालयमा चिकित्सा शास्त्रको अध्ययन सुरु गरे । तर, पछि उनी आफूलाई मनपर्ने गणित तथा भौतिक विज्ञान अध्ययन गर्न थाले । उनी अध्ययनमा पनि निकै पोख्त थिए ।

यदि ग्यालिलियोले युनानी (ग्रीक) दार्शनिक अरस्तुको दुई हजार वर्ष पुरानो दार्शनिक मान्यतालाई आँखा चिम्लेर विश्वास गरे भएको भए आज यो विश्वको विज्ञान क्षेत्रपनि यति विशाल ढंगले विकास हुन पाउन्नथ्यो । ग्यालिलियो दार्शनिक अरस्तुको परम्परागत सिद्धान्तलाई असत्य सावित गर्दै सत्य र सही सिद्धान्त पत्ता लगाए ।

भौतिक विज्ञानको स्वतन्त्र ढंगले आफ्नो विचार बनाउन सक्ने स्थिति नभएकोले उनले अन्ततः पिसा विश्वविद्यालय पढ्न छोड्ने निक्र्योल निकाले । त्यसपछि स्वअध्ययनबाट नै सन् १५८८तिर ग्यालिलियोले विश्वविद्यालयको कोर्स पूरा गरे । विश्वविद्यालयको कोर्स पूरागरिसकेपछि उनले बोलोग्ना विश्वविद्यालयमा गणित विभागको अध्यक्ष हुन दर्खास्त हाले तर उनलाई स्वीकृत गरिएन । बोलोग्नामा नियुक्ति पाउन नसकेपनि गणित शास्त्रीको रूपमा ग्यालिलियो ग्यालिलिको प्रख्याती झन् बढ्दै गयो ।

उनलाई विभिन्न ठाँउबाट गणितज्ञ प्रवचनको लागि निमन्त्रणा आउन थाल्यो जसमा उनी सरीक हुदै जान थाले । उनको बौद्धिक प्रतिभाको जताततै प्रशंसा हुन थाल्यो । यो देखेर पिसा विश्वविद्यालयले उनलाई आफ्नो विद्यालयमा सहभागी गरायो । उनी गणितको शिक्षक मात्र भएनन् , गणित विभागको अध्यक्षसमेत भए । २५ वर्षको कलिलो उमेरमा नै अध्ययन क्षेत्रमा ठूलो छलाङ मारेका थिए उनले ।

ग्यालिलियो ग्यालिली टेलिस्कोपको आविष्कारक पनि हुन टेलिस्कोपको आविष्कार गरेर यिनले खगोल विज्ञानमा क्रान्ति नै लेराइदिएका दिए । आजभन्दा करिब चारसय वर्ष अघि मानिसहरू मात्र नभएर वैज्ञानिकहरूले पनि ग्रह ,चन्द्रमा, सूर्य, तारालाई नाङ्गो आँखाले हेर्दथे तर अहिले आएर टेलिस्कोपकको विभिन्न स्वरूपहरू विकास भएको छ जस्ले खगोल विज्ञानमा नयाँ रहस्य र वैज्ञानिक मान्यताहरू पत्ता लागेको छ । जुन टेलिस्कोपको प्रणेता हुन्ः ग्यालिलियो ग्यालिली ।

ग्यालिलियो ग्यालिली टेलिस्कोपको आविष्कारक पनि हुन टेलिस्कोपको आविष्कार गरेर यिनले खगोल विज्ञानमा क्रान्ति नै लेराइदिएका दिए । आजभन्दा करिब चारसय वर्ष अघि मानिसहरू मात्र नभएर वैज्ञानिकहरूले पनि ग्रह ,चन्द्रमा, सूर्य, तारालाई नाङ्गो आँखाले हेर्दथे तर अहिले आएर टेलिस्कोपकको विभिन्न स्वरूपहरू विकास भएको छ जस्ले खगोल विज्ञानमा नयाँ रहस्य र वैज्ञानिक मान्यताहरू पत्ता लागेको छ

पिसा विश्वविद्यालयमा अध्ययन कालमा नै यिनले अरस्तुको विचारको खण्डन गर्न थाले । विज्ञान शिक्षाको मान्यता छ –पुराना सिद्धान्त, मान्यता , नियमहरूमाथि आँखा चिम्लेर विश्वास नगर , अविश्वास गर, सन्देह गर र सवाल उठाऊ । यदि ग्यालिलियोले युनानी (ग्रीक) दार्शनिक अरस्तुको दुई हजार वर्ष पुरानो दार्शनिक मान्यतालाई आँखा चिम्लेर विश्वास गरे भएको भए आज यो विश्वको विज्ञान क्षेत्रपनि यति विशाल ढंगले विकास हुन पाउन्नथ्यो ।

ग्यालिलियो दार्शनिक अरस्तुको परम्परागत सिद्धान्तलाई असत्य साबित गर्दै सत्य र सही सिद्धान्त पत्ता लगाए । अरस्तुले भनेका थिए एक साथ खसेको गाह्राँै वस्तु चाँडो र हलुका वस्तु ढिलो पृथ्वीको सतहमा प्ुग्दछ । तर, ग्यालिलियो यस कुरालाई मान्न तयार भएनन् । तसर्थ उनले यस कुरालाई परीक्षण गरे । उनले परीक्षणबाट एकैसाथ खसालेका हलुका र गरुंगो वस्तु एउटै समयमा जमिनको सतहमा पुगेको पाए ।

आफ्नो कुरालाई सर्वसाधारणको सामु सही सावित गराउन उनी पिसा सहरको विश्व प्रसिद्ध “झुकेको धरहरा ”माथि चढे । उनले आफ्नो परीक्षण देखाउन मानिसहरूलाई धरहरा वरिपरि भेला गराएका थिए । धरहरामाथि पुगेपछि उनले गह्रौँ र हलुका दुईवटा ढुंगा माथिबाट तल फाले । हलुंगो ढुंगा र गह्रौँ ढुंगा एकसाथमा जमिनमा खस्यो । यसरी विज्ञान क्षेत्रमा नयाँ यथार्थता उनले प्रमाणित गरे ।

पिसा विश्वविद्यालय छाडिसकेपछि ग्यालिलियोलाई भेनिसमा रहेको पडुवा विश्वविद्यालयमा गणित शास्त्र पढाउनको लागि बोलाइयो । पडुवा विश्वविद्यालयमा रहँदा ग्यालिलियो गणितको अनुसनधानमा पूर्णरूपमा डुबे र त्यही समय उनले ‘कम्पास’ को आविष्कार गरे । त्यस्तै उनले खस्दै गरेको वस्तुको गति सम्बन्धी प्रकृतिक नियमहरूका महत्वपूर्ण तथ्यहरू पत्ता लगाए । यसैबीच ग्यालिलियोले ब्रम्हाण्डको सम्पूर्ण ग्रह र ताराहरूको बीचमा सूर्य पर्दछ भने ।

यस्तै , उनले ब्राम्हाण्डको बीचमा रहेको सूर्यलाई पृथ्वी लगायत पछि अन्य सम्पूर्ण ग्रह र ताराहरूले घुम्छन् भने । टेलिस्कोप , कम्पास लागायत दर्जनौैँ वैज्ञानिक आविष्कार र मान्यताहरू दिन सफल महान वैज्ञानिक ग्यालिलियोको मृत्यु सन् १६४२ मा ७७ वर्षको उमेरमा भयो । हाल ग्यालिलियो हामी माझ छैनन् । तपाईं हामीबीच उनको महानतम वैज्ञानिक आविष्कार र मान्यताहरू कहिल्यै हराउने छैन । वास्तवमा ग्यालिलियो ग्यालिली महान वैज्ञानिक हुन् । विश्व वैज्ञानिक संसारमा उनी सदासर्वदा अमर रहनेछन् ।

प्रतिक्रिया