ईश्वर मन्दिरमा र आमा–बाबु वृद्धाश्रममा

व्यस्त जीवन, पारिवारिक जिम्मेवारी बढेको बाहनामा हामी हाम्रा वृद्धअवस्थामा पुगेका आमा बाबुलाई वृद्धाश्रमलाई जिम्मा लगाउँछौ । ईश्वरलाई मन्दिरको खोपामा सीमित बनाउँछौ । यसै सन्दर्भमा एक यो दृष्टान्त छ । एउटा राजाले आफ्ना जनतालाई यो राज्य तपार्इंहरूको हो । यो राज्यको सम्पत्ति तपाईंहरूकै हो । भोलि बिहान आठ बजे दरबारको ढोका खुल्नेछ । दरबारभित्र भएको कुनै पनि वस्तु पहिला जसले छुनुहुनेछ त्यो तपाईंहरूले लैजान सक्नु हुनेछ । यो कुरा सारा जनतालाई भने ।

राजाले भनेको यो कुरामा जनताले सोच्न थाले । दरबारबाट मैले के लिने ? सबैको मनमा कुराहरू नाच्न थाल्यो । कसैको मनमा बहुमूल्य वस्तु लिने । कसैको मनमा घोडा हात्ती लिने । जो यसको सौखिन छन् । यस्ता आदि इत्यादि कुरा कुरहरू मनमा खेलाए । त्यो रात कुनै पनि राम्रोसँग निदाउन सकेनन् । भोलिपल्ट ठिक आठ बजे राजाले भनेअनुसार दरबारको ढोका खुल्यो । कतिखेर दरबारको ढोका खुल्ला र चाहेको वस्तु पहिला छोएर हात पारौँला भनेर प्रतीक्षा गरिरहेका जनता दरबारतिर तछाडमछाड कुद्न थाले । यो कुरा राजाले आफ्नो गद्दीमा बसेर हेरिरहेका थिए । आफूले पहिला छोएर चाहेको वस्तु हात पार्न भागदौड गरेको भिडलाई राजाले नियालेर हेरिरहेका थिए ।

हामीले ईश्वरको सत्ता चिन्न सक्नुपर्छ । आमा र बाबुको सत्ता बुझ्न सक्नुपर्छ । ईश्वरलाई केवल मन्दिरमा र आमा–बाबुलाई वृद्धाश्रम राखेर जिम्मेवारी पूरा हुँदैन, हृदयमा राख्न सिक्नुपर्छ । आज जसरी आयो त्यो भोलि पनि त्यसरी नै आउँछ । केबल सत्ता कसको हो । हेक्का राख्नु मात्र पर्छ । समग्र जगत ईश्वरको सन्तान हो भने हरेक सन्तति आमा–बाबुका सन्तान हुन् ।

यसै भागदौडको भिडबाट नन्निमुन्नि प्यारी बालिका तातेताते गर्दै राजा अगाडितिर गइरहेकी थिइन् । उनलाई थाहा थिएन किन यस्तो भागदौड भइरहेको छ भन्ने कुरा । केवल उनलाई रमाइलो लागि रहेको थियो । उनी केवल रमाइलोको सहभागी थिइन् । प्यारी बालिका सरासर राजातिर गइन् । र, खुरुक्क राजाको काखमा बसिन् । जनताको आफूले चाहेको वस्तु पाउन भागदौड त थियो नै । भागदौड यही समाप्त भयो । किनभने राजाको दरबारभित्रको सारा कुरा राजाको अधिनमा थियो । बालिका स्वयं राजाको गोदमा बसिदिएकी हुनाले सबै उनको भयो । संयोग बडो विचित्रको हुन्छ । यस्तै भयो ।

यस्तो हुन्छ भन्ने कुरा बालिकालाई थाहा थिएन र पनि भयो यस्तै । बालबालिकालाई मायाले आकषर्ण गर्छ, मायाले आकर्षण ग¥यो । यही हो ममताको रित । हामीले आमाको ममता र सहनशीलता नबुझ्दा आमाको काखको सत्ता गुमाउँछौ । बाबुको धैर्य र साहस नबुझ्दा बाबुको काखको सत्ता गुमाउछाँै । ईश्वरको प्रेम नबुझेर ईश्वरको काखमा बस्न सक्दैनौँ ! ईश्वरको सत्ता गुमाउछौँ । सायद यसरी नै प्रायः हामीले हाम्रो वास्तविक सत्ता गुमाउँदै आएकाछौँ ।

यही यो प्रसंगमा पनि घत लाग्दो हुन सक्छ । एउटा गाउँमा एक सेठ थिए । उनैलाई थाहा थिएन कि उनीसँग कति सम्पत्ति छ भन्ने कुरा । उनले आफ्नो खजाञ्चीलाई उनको कति सम्पत्ति छ, त्यसको हिसाब निकाल्न काम खटाए । खजाञ्चीले हिसाब निकालेर आयो र भन्यो–‘सेठ जी ! हजुरको सम्पत्ति सात पुस्तालाई सुतेर खान पुग्ने रहेछ ।’ जब यो कुरा सेठले थाहा पाए । उसको निन्द्रा हराम हुन थाल्यो, निदाउन सकेन । मनमा बेचैनीको कोलाहल चल्यो । सात पुस्तालाई त पुग्ने रहेछ । आठौँ पुस्ताको हालत के होला ! चिन्तामा डुब्न थाल्यो । यसै क्रममा उसले सुन्यो, उसको गाउँमा एक फकिर आएका छन् रे ! जसले मानिसको जीवनमा आएका समस्याको गाठो फुकाउने उपाय बताउँछन् ।

सेठ समस्यामा त थिए नै । समस्याको गाठो फुकाउन सहज उपाय बताउने फकिर आफ्नै गाउँमा आएको सुन्दा खुसी लाग्ने नै भयो । उसले फकिरलाई खोज्न घरबाट निस्क्यो । खोज्दै जाँदा सेठले फकिरलाई एउटा चौतारीमा बडो प्रफुल्लताकासाथ पिपलको रूखको आड लगाएर बसेको देख्यो । सेठले फकिर सामु गएर आफू बेचैन भएको वृतान्त सुनायो । फकिरले धेरै कुरा गरेनन् । केबल उनले भने–‘तिम्रो गाउँको पल्लो छेउमा एक बुडिया छन्, तिनलाई आधा किलो गहुँको पिठो दान दिनु ।’

सेठलाई आधा किलो गहुँको पिठो दान दिनु मामुुली कुरा थियो नै । यदि आठौँ पुस्ताको गाठो सुल्झिन्छ भने आधा किलो के ? एक कुन्टल मात्रै होइन धेरै कुन्टल पिठो दिन तयार छ । एक कुन्टल पिठो लिएर आउन खजाञ्चीलाई भन्यो । सेठ र खजाञ्जी बुढिया कहाँ पुगे र सेठले एक कुन्टल पिठो लिन अनुरोध ग¥यो । तर, बुढियाले यतिका पिठो मलाई किन चाहियो भन्दै पिठो लिन इन्कार गरिन् ।

सेठले तपार्इंलाई धेरै छाक टार्न सजिलो हुनेछ भन्दै धेरै अनुरोध गर्दा पनि लिन इन्कार गरेपछि अन्तमा फकिरले भनेअनुसार कम्तीमा आधा किलो त लिनुहोस् भन्ने अनुरोध गर्न थाल्यो । बुडियाले पनि अन्तमा भनिन्–‘ हेर ! आजको मेरो छाक ट¥यो । ईश्वरले आजको लागि जे गर्नु पथ्र्याे, त्यो गरे । भोलिका लागि किन चिन्ता गरूँ ? भोलि जब हुनेछ, भोलिका लागि पनि व्यवस्था हुनेछ ।’ बुढियाले आधा किलो पिठो लिन पनि इन्कार गरिन् । बल्ल सेठको आँखा खुल्यो । जब आज छ भने आठौँ पुस्ताको चिन्ता किन ? उसले ईश्वरको सत्ता बुझ्यो र आफ्नै सत्ता पनि बुझ्यो । उसको मनबाट बेचैनी हट्यो र खुसी मन लिएर घर फक्र्याे ।

हाम्रो जीवनमा पनि यस्तै हुने गर्छ । हामीले ईश्वरको सत्ता चिन्न सक्नुपर्छ । आमा र बाबुको सत्ता बुझ्न सक्नुपर्छ । ईश्वरलाई केवल मन्दिरमा र आमा–बाबुलाई बृद्धाश्रम राखेर जिम्मेवारी पूरा हुँदैन, हृदयमा राख्न सिक्नुपर्छ । आज जसरी आयो त्यो भोलि पनि त्यसरी नै आउँछ । केवल सत्ता कसको हो । हेक्का राख्नुमात्र पर्छ । समग्र जगत ईश्वरको सन्तान हो भने हरेक सन्तति आमा–बाबुका सन्तान हुन् । आफ्ना सन्तानप्रति कृपा रहिरहन्छ, सन्तानलाई चिन्ता किन ? जबकि सत्ता मौजुदा छ ।

प्रतिक्रिया