राजनीतिमा टिक्न नसकेपछि जातीय आन्दोलनमा

नेपालमा जातीय आन्दोलनमा सहभागी भएकामध्ये अधिकांश व्यक्तिहरू कस्ता किसिमका रहेका छन् भनेर अध्ययन गर्दा कित आफूलाई कम्युनिस्ट मान्ने, वा कुनैरूेला जल्दोबल्दो कम्युनिस्ट रहेका र पछिचाहिँ पार्टी विस्थापित भएर जातीय नारा उराल्न आइपुगेका व्यक्तिहरूको हालिमुहालि यस क्षेत्रमा रहेको छ । तर, कम्युनिस्ट वा भूतपूर्व–कम्युनिस्ट व्यक्तिहरूका साथसाथै पछिल्ला दिनहरूमा चरित्रका हिसाबले हेर्दा जातीय आन्दोलनको क्षेत्रमा धेरैथरीले चलखेल गरेका छन् ।

पञ्चायती व्यवस्थामा अनेक उपायले मन्त्री, रा.पं.स., अञ्चलाधीश आदि बन्न सफल रहेका, तर बहुदलीय संसदीय राजनीतिमा टिक्न नसकेका व्यक्तिहरू जातीय भावना भड्काई नेतृत्व लिएर भएपनि नेता बनिरहने ‘शोख’ पूरा गर्न जातीय आन्दोलनमा सरिक भएका देखिन्छन् । साथै नेपाली कांग्रेस, एमाले, राप्रपा आदिजस्ता पार्टीमा टिक्न नसकेपछि उग्र(उग्र कुरा गरे, जात(जातको भागबण्डा गराउन सके केहि भाग पाइहालिन्छ कि भनेर यता तर्फ हाम्फाल्नेहरूपनि छन् ।

अनि यस क्षेत्रमा कुनै निश्चित धारणा बनाउन भ्याइनसकेका, तर ‘मोर्डन’ तथा ‘हिरो’ बन्ने लोभमा रूेलानकुरूेला जथाभाबी ‘बाहुनवाद’लाई टोकसीरहने अंग्रेजीबाज ‘बिकासे’ बाहुन(क्षेत्रीहरूपनि देखिएका छन् । राजनीतिमा ‘आउट डेटेड’ (गतार्थ) भइसकेपछि नेता बन्ने धोको पूरा गर्न उट्पट्याङ बोल्ने, बाह्र(सत्ताइस बबल्काउनेहरूको भीड बढेकाले जातीय आन्दोलन सही दिशामा अघि बढ्ला भनेर ढुक्क हुने आधार अद्यापि देखिएको छैन । अझ ‘जनजाति’ आन्दोलनको क्षेत्रमा क्रिश्चियनहरूले उचालेका, विदेशीहरूद्वारा निर्दे्शित, ‘डलर’मुखी मानसिकता भएका तथा आफ्नो दिमाग पराइको जुठोल्नो बनाइसकेका व्यक्तिहरू पनि संलग्न भएको स्थितिलाई देखेर विचार गर्दा नेपालको जातीय(आन्दोलन दिग्भ्रमित र पथभ्रान्त भइरहेको संकेत प्रष्टैसँग मिल्छ ।

नेपालमा आफूलाई ‘माक्र्सवादी’ वा ‘माक्र्सवादीलेनिनवादी’ वा ‘माक्र्सवादी(लेनिनवादी(माओवादी’ वा ‘माक्र्सवाद लेनिनवाद (माओविचारधाराको अनुयायी’ भन्ने र ‘अन्तर्रा्ष्ट्रियतावादी’ भएको चर्को दाबी पनि गर्ने कम्युनिस्टहरूले एक सिंगो नेपाली राष्ट्रियतामा समेत नअटाएर जातीय र क्षेत्रीय खिचडी पकाउनमा बढी जोड दिनु विडम्बनापूर्ण त छँदैछ, उनीहरूका हकमा हास्यास्पद र राष्ट्रका निमित्त चाहिँ घातक छ ।

कतिपय अवस्थामा क्षणिक फाइदाको निम्ति पूर्णरूपेण जातिवादी व्यक्ति वा संगठनलाई पनि कम्युनिस्टहरूले काँध चढाउने गरेको उदाहरण छस( जस्तोकि खम्बुवानको नाममा खोलिएको ‘मोर्चा’ कुनैपनि दृष्टिकोणबाट ‘कम्युनिस्ट’ थिएन, बरु अत्यन्त संकिर्णतावादी संगठन थियो, यस तथ्यलाई जान्दाजान्दै पनि नेकपा(माओवादी)ले आफ्नो ‘छाता’ प्रदान गरेको उदाहरण छ ।

एमाले र अन्य पार्टी पनि यस्ता कार्य गर्नबाट चोखा छैनन् । सिद्धान्तले अर्ध(कम्युनिस्ट (अर्ध(माक्र्सवादी) र व्यवहारले मध्यमार्गी राजनीतिक दल नेपाली कांग्रेस र गैर(कम्युनिस्ट राप्रपा पनि चुनावी फाइदा हुनेभएमा जो(कसैलाई जेसुकै छुट दिन तयार रहने गरेको कुरालाई पनि यहाँनेर सम्झनुपर्ने हुन्छ । यस्तैकिसिमका गलत नीतिका कारण देश नितान्त जातिवादी भासतिर धकेलिने खतरा कायमै छ ।

संक्षेपमा भन्दाखेरीमा, ‘संघिय(व्यवस्था’ तथा ‘स्वशासनको व्यवस्था’का पक्षधरहरू दुवैखालेले पृथ्वीनारायण शाहको नेतृत्वमा गरिएको राष्ट्रिय एकीकरणको मूल मर्मलाई विकृत पार्ने र त्यसलाई प्रत्यक्षतः वा परोक्षतः अस्वीकार गर्दै नेपाल अधिराज्यलाई पुनः टुक्रा(टुक्रामा बाँडचुँड गर्ने नीति लिएका छन् । जबकि, माक्र्सीय अवधारणा अनुसार नै हेर्ने हो भनेपनि श्री ५ पृथ्वीनारायण शाहको महान् नेतृत्वमा सञ्चालित एवं सम्पन्न महान् एकीकरण अभियानको विरोध गर्नु गलत कार्य हो ।

नेपालको तत्कालीन अर्थ(राजनीतिक, भू–राजनीतिक तथा ऐतिहासिक आवश्यकताको कारणले नै उक्त महान् एकीकरण सम्पन्न भएको हो । तर, यस तथ्यलाई बुझ पचाएर गलत किसिमबाट व्याख्या गर्ने र जातीय आन्दोलनलाई राष्ट्रिय एकीकरणको विरुद्धमा लान खोज्ने प्रवृत्ति बढेको छ । यो पनि नेपालमा जातीय सवालको आडमा मौलाएको विकृति हो ।

जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एवं जातीय(संकिर्णताको घेराभन्दा परै रहेर इमान्दारीपूर्वक चिन्तन गर्नेहरू पनि नभएका होइनन् । व्यक्तिगत रूपमा हामी स्वयं तथा थुप्रै अन्य विद्वानहरू र संस्थागत रूपमा ‘नेपाली भाषा(संस्कृति परिषद्’ र ‘युग निर्माण अभियान’ तथा अन्य कतिपय संस्थाले सकारात्मक पहल गरिरहेको कुरा यहाँ उल्लेखनीय छ ।

‘नेपाली भाषा(संस्कुति परिषद्’को प्रथम राष्ट्रिय सम्मेलन (वि.सं. २०५५)मा मैले संस्थापक महासचिवको हैसियतले प्रस्तुत गरेका प्रस्तावहरूलाई पारित गरिएको थियो, जसमा अन्य प्रस्तावहरूका साथसाथै जातीयनीति बारेको प्रस्ताव पनि रहेको थियो । उक्त राष्ट्रिय सम्मेलनमा पारित जातीयनीति अनुसार परिषद्ले ‘जाति’ र ‘जनजाति’को विवादभन्दा माथि उठेर ‘एक नेपालीजाति’को वृहद् अवधारणालाई स्वीकार गरेको थियो (जसको मूलपाठ यसअघिनै सम्पूर्ण रूपमा र्सार्वजनिक भइसकेको छ ।

यसपछि वि.सं. २०५७ मा मैले प्रस्तुत गरेको ‘नेपालमा जातीय समस्याको सवाल र समाधान’ शीर्षक प्रस्तावना (कार्यपत्र)लाई नेपाली भाषा(संस्कृति परिषद्को आधिकारिक जातीयनीतिको रूपमा पारित गरिएको थियो (यसको मूलपाठ पनि सम्पूर्ण रूपमा यसअघि नै पटक–पटक प्रकाशित भइसकेको छ । युग निर्माण अभियान, नेपालले पनि सोही जातीय नीतिलाई आफ्नो आधिकारिक नीतिको रूपमा स्वीकार गरेको यहाँ स्मरणीय छ ।

नेपाल तथा एवं सम्पूर्ण ‘नेपालीजाति’को लागि हितकारी, सही किसिमको जातीयनीति त्यसमा निहीत छ । अहिले यतिखेर यी पंक्तिहरू लेख्नु’को उद्देश्य पनि जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एवं जातीय(संकीर्णताको घेराभन्दा परै रहेर इमान्दारी पूर्वक चिन्तन गर्ने, त्यस्तो चिन्तन गर्ने परिपाटीलाई बल पु¥याउने र आफ्नो गच्छेअनुसार यसको समाधानमा योगदान पुर्याउने हो । दुबै किसिमका अतिवादीहरू र जिम्मेवार निकायको ध्यान यस समस्याको सही समाधानतर्फ आकृष्ट गर्न सकेमा र बहस, अन्तरक्रिया, छलफलले एउटा सही दिशा निर्देश गर्न सकेमा त्यसले राष्ट्र एवं समाजलाई फाइदै पुग्नेछ ।

समस्या के हो त ?
यदि कसैले नेपालमा जातीय समस्या नै छैन भन्छ भने कि त त्यो अयथार्थवादी, कि एक किसिमको ‘अतिवादी’ नै हो । अनि, जसरी नेपालमा जातीय समस्या छँदै छैन भन्नु एकखालको अतिवाद हुन जान्छ, त्यसरी नै नेपालमा जातीय समस्या एकदम बढी मात्रामा छ र त्यो जातिभेदको स्तरकै छ भनेर भन्नु झन् अतिवाद हुन्छ । यथार्थवादी कुरा केहोभने जब नेपालमा जाति(जनजातिको यत्रो गाइँगुइँ छ भने समस्या त पक्कै छ, तर उत्पातै ठूलो र असाध्य समस्या यो होइन ।

जेहोस, यदि समस्या छ भने त्यसलाई सुल्झाउनु नै बुद्धिमानी कुरा हो । तर्सथ जातीय सवाललाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ । यदि समस्या समाधान गर्ने हो भने र्सवप्रथम त समस्याको जरो पत्ता लगाउन सक्नु सर्वाधिक महत्वको कार्य हो । समस्या कहिले पनि एक आयामी हुँदैन र यसका पछाडि विभिन्न कारणहरू हुन्छन् । तसर्थ, नेपालमा जातीय समस्याका पनि विभिन्न पाटाहरू छन् भन्ने तथ्य स्पष्ट छ ।

नेपालको राष्ट्रिय एकीकरण अभियानमा प्रायः सबै जातजाति र समुदायले सक्रिय योगदान गरेका थिए । नेपाली जातिका घटक जातजाति र समुदायमध्ये सायदै कुनै भेटिएला जसले कि राष्ट्रिय एकता अभियानमा गच्छेअनुसारको योगदान नगरेको होस् । एकीकरण पूर्वको ऐतिहासिक अध्ययन गर्दा के देखिन्छ भने त्यतिवेला सस्याना भुरे(टाकुरे राज्य र राजा(रजौटाको अस्तित्व रहेको भएता पनि जनस्तरमा सामाजिक एकीकरण भइसकेको थियो र लामो कालखण्डको सांस्कृतिक एकीकरणको भौतिक प्रकटीकरण हुनमात्र बाँकी थियो ।

कसै न कसैले त्यो अभियानको आरम्भकर्ताको औपचारिक भूमिका निर्वाह गर्नैपर्ने र युगसापेक्ष नेतृत्व लिनैपर्ने अवस्थामा ‘एकताका महानायक’का रूपमा पृथ्वीनारायण शाहको उदय भएको थियो । अर्थात्, पृथ्वीनाराण शाह ऐतिहासिक आवश्यकताले विकसित गराएका ‘महान् नेता’ हुन्, जसको कुशल एवं सही नेतृत्व पाउनाले राष्ट्रिय एकीकरण महाअभियान सफलतापूर्वक सम्पन्न हुनसक्यो ।

तर, ख्याल राख्नै पर्ने कुरा के हो भने एकीकरण अभियान केवल पृथ्वीनाराण शाह अथवा गोर्खा राज्यको कारणले मात्रै सम्पन्न भएको होइन । उक्त महायज्ञमा यस भू(खण्डमा बसोवास गर्ने प्रायः सबै तह, तप्का, वर्ग, समुदाय, जात–जाति आदिको सामुहिक इच्छाशक्ति कारकतत्वका रूपमा रहेको थियो ।

प्रायः सबैथरीको साथ पाएको र आम जनताको सक्रिय सहभागिता रहेको हुनाले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा अगुवाइ गरिएको राष्ट्रिय एकीकरण महाअभियान वास्तवमै युगको आवश्यकता रहेको प्रमाणित हुन्छ । त्यसैले, उनले नेपाललाई ‘सबै जातको फूलबारी’ भन्न सकेका हुन् । निकै महत्वपूर्ण पक्ष के छ भने पृथ्वीनारायणको महान् अभियानका क्रममा प्रत्येकले आ–आफ्नो ल्याकत, हैसियत अनुसारको काम, स्थान तथा मान पाएको हुँदा जातीय विद्वेष र विद्रोह विखण्डन थिएन ।

यदि एकीकरण अभियानका क्रममा जातीय विद्वेष र विद्रोह र विखण्डन अस्तित्वमा रहेको भए उक्त अभियान सफल हुने पनि थिएन । विजित राज्यका सेनापतिहरूले पूर्ण निष्ठाका साथ गोर्खाली (नेपाली) फौजमा सामेल भएर काम गरेको तथ्यले पनि एकीकरण अभियान र उक्त अभियानका महानायक पृथ्वीनारायण शाहको सर्वप्रिय छविको पुष्टि हुन्छ । थुप्रै राज्यका जनताले स्वयम्नै उनलाई आमन्त्रण गरेको तथ्य पनि यहाँ स्मरणीय छ । उनले नेपाल अधिराज्यको राजधानीका रूपमा काठमाडौंलाई निर्धक्कसँग चयन गर्न सक्नुले पनि धेरै हदसम्म कुरा स्पष्ट हुन आउँछ ।
(डा. अधिकारीको कार्यपत्रबाट)

प्रतिक्रिया