जेठो विश्वविद्यालयको दीक्षान्त समारोह र अपेक्षा

त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय सेमेस्टर प्रणालीलाई कडाइका साथ लागू गर्नु सकारात्मक रहेको देखिन्छ । गत वर्ष मात्रै यस विश्वविद्यालयले सिंगापुरमा गरेको विश्व प्राज्ञिक सम्मेलनबाट औसत अंक हासिल गरी त्रि.वि. ८०१–१००० को सूचीमा स्थान ओगट्न सफल भई उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको एक हुन सफल भएको हो । त्रि.वि. को यसप्रकारको सफलताले नेपालमा त्रि.वि.को साख गि¥यो, गुणस्तर खस्कियो भन्नेलाई दह्रो जवाफ दिनसमेत सफल भएको छ । यस सफलता सँगसँगै त्रि.वि. अब विश्वस्तरीय बन्नपुगेको छ र विश्वस्तरीय शिक्षा प्रदानका लागि आवश्यकपर्ने सुधारहरू गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको छ

नेपालकै सबैभन्दा पुरानो, ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था हो । यो विश्वविद्यालय काठमाडौंको कीर्तिपुरस्थित ३ हजार ४२ रोपनी क्षेत्रफमा फैलिएको छ । यस विश्वविद्यालयले आफ्नो ४५औँ दीक्षान्त यही पौष ३ गते इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अतिरूज्मानको प्रमुख आतिथ्यमा सम्पन्न गर्दैछ । उक्त कार्यक्रममा १० हजार १ सय ८३ विद्यार्थीहरू दीक्षित हुनेभएका छन् ।

नेपालमा एघारवटा विश्वविद्यालय र चारवटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार त्रिभुवन विश्वविद्यालयको काँधमा आइपरेको देखिन्छ । मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ सालमा भएको हो । त्रि.वि.का ६२ वटा आंगिक क्याम्पस, १ हजार ६३ वटा सम्बन्धन प्राप्त क्याम्पस र ४ वटा अनुसन्धान केन्द्र, ४ वटा संकाय र पाँचवटा अध्ययन संस्थानहरू रहेका छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल यस विश्वविद्यालयले समयानुकुल शिक्षामा परिवर्तन गर्दैअघि बढ्नुका साथै दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमै रोजगार दिलाउनका लागि कटिबद्घ हुनु आवश्यक रहेको देखिन्छ । विश्वका ठूला ठूला विश्वविद्यालयहरूमध्येको एक त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गर्नु राष्ट्रकै गौरवको विषय पनि हो । त्रिभुवन विश्वविद्यालयले संविधानमा उल्लेख भएको शिक्षासम्बन्धी मौलिक हक प्रदान गर्नका

लागि समयानुकुल शिक्षामा परिवर्तन गर्दै आम नागरिकहरूलाई शिक्षित बनाउने मूल ध्येय बोक्दै शिक्षामा गुणस्तरीय, वैज्ञानिकीकरण गर्दै अघि बढ्नुपर्ने देखिन्छ । त्यसैले, यस संस्थामा दिनप्रतिदिन विद्यार्थीको चाप बढी रहेको छ । त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय सेमेस्टर प्रणालीलाई कडाइका साथ लागू गर्नु सकारात्मक रहेको देखिन्छ । गत वर्ष मात्रै यस विश्वविद्यालयले सिंगापुरमा गरेको विश्व प्राज्ञिक सम्मेलनबाट औसत अंक हासिल गरी त्रि.वि. ८०१–१००० को सूचीमा स्थान ओगट्न सफल भई उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको एक हुन सफल भएको हो ।

त्रि.वि. को यसप्रकारको सफलताले नेपालमा त्रि.वि.को साख गि¥यो, गुणस्तर खस्कियो भन्नेलाई दह्रो जवाफ दिनसमेत सफल भएको छ । यस सफलता सँगसँगै त्रि.वि. अब विश्वस्तरीय बन्नपुगेको छ र विश्वस्तरीय शिक्षा प्रदानका लागि आवश्यकपर्ने सुधारहरू गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । त्रि.वि. ले शिक्षाको गुणस्तर, बैज्ञानिकीकरण, गुणस्तरीय र समय सापेक्ष बनाउनका लागि ल्याएको भिजन २०२०–०३० कार्यान्वयन गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

त्रि.वि.ले समग्रमा शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि पहल कदमी आवाज उठाउनुपर्दछ । देश संघीय संरचनाअनुरूप सञ्चालन भएको अवस्थामा त्रि.वि.लाई समेत सोहीअनुरूप सञ्चालन गर्नसक्नु पर्दछ । केही महिना अघि मात्रै त्रि.वि.ले नयाँ उपकुलपति प्राप्त गरेको छ । त्रि.वि.लाई अगाडि बढाउनका लागि वहाँले थुप्रै योजनाहरू ल्याएको जनाएता पनि व्यवहारमा भने कुनै परिवर्तन भएको महसुस गर्न सकिँदैन ।

त्रि.वि. सेवा आयोगले हालै मात्रै विभिन्न पदहरूका लागि विज्ञापन गरेता पनि श्रेणीविहीन कर्मचारी र सवारीचालकको विज्ञापन नगर्नु आफँैमा हास्यादपद रहेको देखिन्छ । त्रि.वि. आफैँले सवारीचालक तथा श्रेणीविहिन कर्मचारीहरू भर्ना नगर्ने निर्णय गर्ने अनि ब्याक डोर बाट फटाफट कर्मचारीहरू नियुक्ति गर्ने गलत परम्पराको अन्त्य हुन सकिरहेको छैन । वर्षांैसम्म कार्यरत श्रेणीविहीन तथा सवारीचालक मात्रै होईन अन्य पदका कर्मचारीहरूलाई समेत त्रि.वि. करार, स्थायी गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

त्रि.वि.बाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण कार्य रहेको हुँदा शिक्षालाई रोजगारीमूलक बनाउनुपर्ने आवश्यकता रहेको छ । नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलिक हकको रूपमा सुनिश्चितता प्रदान गरेको । अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक चुंगलबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने र उत्पादित जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय सामु चुनौती रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले समयानुकुल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासको लागि आफ्नो दक्षता, सीप प्रस्तुत गर्दै अघि बढिरहेको छ । बर्सेनि त्रि.वि. बाट दीक्षित हुनेहरूको संख्या बढ्ढै गइरहेको छ जसले गर्दा त्रि.वि. मा अध्ययन गर्नेहरू अझै बढीरहेकै छन् । त्रि.वि. दीक्षान्त समारोहबाट दीक्षितहरूले गरेको अध्ययन, अनुसन्धान, खोजले देशमा विकराल समस्याको रूपमा रहेको बेरोजगारी, गरिबी, अन्त्यका लागि नेपालमै महत्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको छ ।

विगत वर्षहरूदेखि नै शिक्षा क्षेत्रमा सुधारका लागि इन्जिनियरिङ, शिक्षाशास्त्र, चिकित्साशास्त्र लगायतका संकायहरूमा विद्यार्थीहरूको प्रवेश परीक्षासमेत कम्प्युटर प्रणालीबाट लिई विद्यार्थी भर्ना गर्दै स्वच्छ र पारदर्शीताको उदाहरण दिन सफल भएको छ । त्रि.वि.ले पाठ्यक्रम र पाठ्यसामग्रीमा आवश्यक सुधार गर्नु जरी रहेको देखिन्छ ।

त्रि.वि. ले उच्च शिक्षामा सबैको समान पहुँच पुगोस् भन्ने उद्देश्यका साथ नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई महत्वका साथ लागू गर्नुका साथै शैक्षिक क्यालेन्डर निर्माण र प्रयोग गर्ने कार्यलाई व्यवस्थित गरिएको, त्रि.वि. केन्द्रिय परिसरमा आइटी सेन्टरको स्थापना, परीक्षासम्बन्धी कार्यहरूलाई अनलाइन सेवा प्रवाहको सुरुवात गरिएको, यसै वर्षबाट सेवा आयोगको फारम अनलाइन गरिएको, करिब १६० वटाभन्दा बढी विश्वविद्यालयहरूसँग द्विपक्षीय सम्झौता गरिएको, डिजिटल कक्षाकोठा, पुस्तकालय, क्रेडिट ट्रान्सफर र डयुअल डिग्री कार्यक्रममार्फत त्रि.वि. लाई विश्वस्तरमा उतार्ने महत्वपूर्ण प्रयास गरिएको, त्रि.वि. मा गुनासा सुन्नका लागि अनलाइनको व्यवस्था गरिएको छ ।

त्रि.वि.का नौवटै डिन कार्यालयहरूलाई सशक्तीकरण गराई अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन गर्ने÷गराउने, स्वायत्त स्कुल र विभाग परिचालन गर्ने र उच्चस्तरका शैक्षिक संस्था जो आफँैमा स्वायत्त छन्, त्यस्ता संस्थालाई स्वायत्त संस्थाका रूपमा स्थापना गर्नेजस्ता महत्वपूर्ण कार्यहरू त्रि.वि. ले गर्दै आइरहेको देखिन्छ । त्रि.वि.को प्रगति उन्नतिका लागि शिक्षक, कर्मचारी र विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहन्छ ।

अतः त्रि.वि. मा देखिएका विकृति, विसंगति हटाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । देश संघीयतामा गइसकेपछि नेपाल सरकारले सातवटै प्रदेशमा विश्वविद्यालयको स्थापना गरिसकेको छ । त्रि.वि. ले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थीत र पारदर्शी बनाउँदै अघि बढेकै कारण त्रि.वि. मा अध्ययन गर्नेहरूको चाप अझै घट्न सकिरहेको छैन ।

समय समयमा विभिन्न राजनीतिक दलका संघ, संगठनहरूले विश्वविद्यालयमा गर्ने बन्द, हड्तालका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भई शैक्षिक क्यालेन्डरसमेत प्रभावित हुन गई दुईवर्षे कोर्सलाई तीनवर्ष लाग्ने गरेको कटु यथार्थ छिप्न सक्दैन । विभिन्न राजनीतिक दलका कार्यक्रमहरू, सभा समारोहहरू र सरकारी कार्यक्रमहरूमा समेत त्रि.वि. का कर्मचारी, प्राध्यापकहरू र विद्यार्थीहरू संलग्न हुने गलत परम्पराको अन्त्य हुनसकिरहेको देखिँदैन ।

पछिल्लो समय त्रि.वि. सेवा आयोगले लिएको परीक्षामा सेवा आयोगकै पदाधिकारीहरूको नातेदारहरू उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरिसकेको परिप्रेक्ष्यमा त्रि.वि. सेवा आयोगलाई निष्पक्ष, प्रभावकारी बनाउँदै त्रि.वि. अघि बढ्नुपर्ने देखिन्छ । त्रि.वि.भित्र राजनीतिक भागवण्डाको आधारमा हुने नियुक्ति अन्त्य गर्नुपर्ने, गुणस्तरीय शिक्षा र शिक्षामा वैज्ञानिकीकरण गर्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिबद्धताहरू सरकार र राजनीतिक दलहरूले गरेको वर्षांै भइसक्दा पनि हालसम्म कार्यान्वयन हुन सकिरहेको छैन यसतर्फ सम्बन्धित निकायको ध्यान जानु अपरिहार्य भइसकेको छ ।

आगामी दिनहरूमा त्रि.वि. ले अन्तर्राष्ट्रिय परिवेश अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्दै अघि बढ्नुपर्दछ । त्रि.वि. मा हुने गरिएको राजनीतिक नियुक्ति, सरुवा, बढुवालाई अन्त्य गर्दै योग्यता र क्षमतालाई प्राथमिकता दिंदै शिक्षामा व्यापक सुधार गर्दै त्रि.वि. अगाडि बढ्नसक्नु पर्दछ । त्रि.वि. समक्ष आएको जग्गा विवादलगायतका समस्याहरूको समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको देखिन्छ यसतर्फ त्रि.वि. पदाधिकारीहरूको समयमै चेत खुल्नु आवश्यक देखिन्छ । त्रि.वि.लाई अघि बढाउनका लागि नेपाल सरकारले थप योजना, कार्यक्रम, निर्देशन र बजेट विनियोजन गर्नुपर्ने थप आवश्यकता रहेको देखिन्छ ।

प्रतिक्रिया