अमेरिकामा बच्चा जन्माउन कस्तो गाह्रो ?

भनेजस्तो, सोचेजस्तो त्यति कहाँ सजिलो छ र ? अमेरिकामा बच्चा जन्माउन र हुर्काउन । महँगो जनजीवन, खर्चिलो रेखदेख एउटा बच्चा जन्माएर हुर्काउन महाभारतजस्तो हम्मे हम्मे पो पर्छ त बाबु आमालाई । बच्चा बसेपछिको आमाको लगातार चेकअप, निगरानी, पेटको बच्चाको अवस्थाको चिकित्सक र नर्सको निरन्तर सम्पर्कमा रहनुपर्ने हुन्छ यो अमेरिकी सरकारको फेडेरल कानुनलाई अवज्ञा गर्न पाइन्न । अमेरिकामा आमा र बच्चाको अधिकार र जीवनलाई सर्बदा महत्व दिएको हुन्छ ।

काम गरेर बिल तिर्दै र अलिकति जोहोमा लागेका वर्किङ क्लासका नेपाली वा आमाबाबु नै दिनको कम्तीमा ८ घन्टा वा त्यसभन्दा माथि हप्ताको ६ दिन, सातै दिन वा पाँच दिन गरिखाने परिवारका लागि पेटमा रहेको बच्चाको चिकित्सक, स्वास्थ्य, निगरानी र औषधिको निरन्तरता अर्को ह्यासल वा स्ट्रेस भने भयो । बच्चा जन्मेपछि बच्चाको रेखदेखका लागि आमा वा बाबु वा हेरचाहका लागि अधिकार प्रत्यायोजन गरिएको बेबी सिटर, खर्च, डाइपर, फर्मुला मिल्क, बच्चाको निरन्तर चेक अप र स्वास्थ्यको निगरानी अर्को तनाव र पीडा हुने गर्छ वर्किङ क्लासका बाबुआमालाई । आमा काम गर्न जानुपर्ने कमाएको जति बेबि सिटरलाई नै भुक्तानी गर्नुपर्दा अर्को पिडा थपिन्छ ।

१० वर्षमुनिका बच्चाहरूलाई कुनै पनि राज्यमा एक्लै छोड्नु, घरमा एक्लै छोडेर काममा जाने वा बाहिर निस्कने गरेमा बाबु आमालाई सीधै जेल हाल्नेछ । दिनभरिको कामबाट लखतरान भएर अपार्टमेन्ट वा घर फर्कंदा, शिथिल, थकित मानसिकता, बच्चाको हेरचाह वा रेखदेखका लागि अर्को व्याक्ति वा बेबी सिटर राख्दा आमाबाबु र बच्चाको अन्तर्सम्बन्धमा बिस्तारै दूरी बढ्न गई बच्चा हुर्किसकेपछि आफ्नो बाटो लाग्ने वा त्यति सारो जति हामी नेपालमा आमाबाबु र बच्चाको मायाको अन्तरसम्बन्ध देख्छाैँ तर हामी अमेरिकामा त्यो भावना पाउन सक्दैनाैँ पनि ।

व्यापारी, व्यवसायी वा बढी तलब बुझ्ने वा आफ्नो काम आफैँ गर्ने समूह बाहेक ठूला सहर, खर्चालु सहर, महँगा सहरमा आमाबाबु दुइटैले काम नगरे सुखै छैन अमेरिकामा । आफ्ना आफन्त, बच्चाका हजुरबा हजुरआमा भए घरको एकै खर्चमा चल्नसक्ने हुँदा बेबी सिटरलाई बच्चा हेरिदिएबापत आफ्नो पे चेक काटेर तिर्न नपर्ला तर अमेरिकामा दायाँ फर्के पनि खर्च बाया फर्के पनि खर्च नै । हरेक राज्यका हरेक र फरक नीति छन बच्चाको उमेर अनुसार एक्लै छोडने मिल्ने वा नमिल्ने भन्ने तर १० वर्ष मुनिका बच्चाहरूलाई चाहिँ कुनै पनि राज्यमा एक्लै छोड्नु, घरमा एक्लै छोडेर काममा जाने वा बाहिर निस्कने गरेमा बाबु आमालाई सीधै जेल हाल्नेछ ।

दिनभरिको कामबाट लखतरान भएर एपार्टमेन्ट वा घर फर्कंदा, शिथिल, थकित मानसिकता, बच्चाको हेरचाह वा रेखदेखका लागि अर्को व्यक्ति वा बेबी सिटर राख्दा आमाबाबु र बच्चाको अन्तर्सम्बन्धमा बिस्तारै दूरी बढ्न गई बच्चा हुर्किसकेपछि आफ्नो बाटो लाग्ने वा त्यति सारो जति हामी नेपालमा आमाबाबु र बच्चाको मायाको अन्तरसम्बन्ध देख्छौँ तर हामी अमेरिकामा त्यो भावना पाउन सक्दैनौँ पनि ।

सानोतिनो कमाइ गर्ने परिवार वा बाबुको भरमा मात्र अढेको परिवार वा आमाले काम नगर्ने वा नपाएको खण्डमा बच्चा पनि हुर्काउनुपर्ने अबस्थामा खर्च बढ्न गई जीवन धान्न सकस पर्न सक्छ । अझै ठूला सहर र महँगा सहरमा बसेर बच्चा जन्माउने र हुर्काउने र एकजनाको मात्रै कमाइमा अडिनुपर्ने भएमा त्योभन्दा अर्को सकस र आर्थिक पीडा अरू कुनैले पनि नदेला पनि ।

अझ यसमा एकल आमा, एकल बाबुले बच्चा स्याहार गर्नु पर्ने वा जिम्मेवारी काधमा आएमा वा बाबु आमा छुट्टभिन्न भएमा जसले बच्चाको जिम्मेवारी लिन्छ उसलाई जिम्मेवारी नलिनेले वा जोसँग बच्चा बस्दैन उसले बच्चा पाल्ने बाबु वा आमालाई चाइल्ड सपोर्ट साप्ताहिक, अर्धसाप्ताहिक वा मासिक रूपमा तिर्नुपर्ने हुन्छ त्यो बच्चा १८ वर्ष नपुगे सम्म । यदि बच्चा नपाल्ने वा जिम्मेवारी नलिनेले चाइल्ड सपोर्ट तिरेन भने अदालतमा मानाचामल भर्नका लागि निवेदन दिन सकिनेछ र अदालतले बच्चाको संख्या हेरी, आम्दानीको अवस्था हेरी चाइल्ड सपोर्टको रकम र समय सीमा तोकिदिनेछ ।

यदि, यो समयमा लगातार उक्त सपोर्ट नतिरेमा जेल जानुपर्नेछ र तापनि जिम्मेवारीबाट उम्किन पाउने छैन । जेलबाट निस्केपछि काम खोजी गरी बच्चाको चाइल्ड सपोर्ट तिर्नुपर्नेछ । श्रीमान् श्रीमती छुट्टभिन्न(डिभोर्स) भएको अवस्थामा पनि यदि, पूर्व श्रीमतीले अर्को विवाह नगरेसम्म बच्चाको चाइल्ड सपोर्ट र आमालाई आल्मोनि तिरिरहनुपर्नेछ र सम्पत्ति आधा लगिदिनेछ उक्त श्रीमतीले । त्यसैले, अमेरिकामा विवाह र डिभोर्स अत्यन्तै खर्चालु र महँगो सावित हुन जान्छ । त्यसैले वर्षौ वर्षसम्म सँगै बस्ने, जतिवटा बच्चा जन्माए पनि सकेसम्म विवाह गर्दैनन् अमेरिकनहरू । यदि, बाबुले बच्चा हेरेको छ, आमाले छोडेर गइन् र आमा पैसा राम्रो कमाउछिन् भने आमाले चाइल्ड सपोर्ट तिर्नुपर्ने हुन्छ ।

अमेरिकामा बच्चाको हाइस्कुलसम्मको शिक्षालाई अनिवार्य गरिएको छ । कुनै कारणबस तपाईंले तपाईंको बच्चा स्कुल पठाउन सक्नुभएन भने तपाईंले स्कुललाई जानकारी गराउनुपर्नेछ यदि, तपाईंले कुनै कारणवस जानकारी गराउन सक्नुभएन भने स्कुलले अर्को दिन तपाईंलाई कल गर्नेछ र तपाईंले लगातार आफ्नो बच्चा स्कुल पठाउनुभएन र स्कुललाई जानकारी गराउनुभएन वा स्कुलले सोधनी गर्दा पनि सम्पर्कमा आउनुभएन भने तपाईं बसेको ठाउँमा प्रहरी आइपुग्नेछ ।

कडा छ नियम अमेरिकामा बच्चा र महिलाहरूको केसमा । बच्चाहरूलाई हिंसा गर्न पाउनु हुनेछैन । यदि तपाईंको बच्चाले तपाईंले गर्ने हिंसा वा गलत व्यवहार वा कुनै दुरूपयोगसम्बन्धी बच्चाले स्कुललाई बाइचान्स भनिदियो भने तपाईंलाई जेल हाल्न सक्छ र बच्चाले नैसर्गिक अधिकारबाट वञ्चित भएको छ, बाबु आमाबाट हिंसा भोगेको छ र उनीहरूको अगाडि गलत क्रियाकलाप वा अनैतिक गतिविधि गरिरहनुभएको छ र बच्चाले स्कुलमा भनिदियो भने तपाईंलाई जेल लैजाने वा बच्चालाई डिएसएस (डिपार्टमेन्ट अफ सोसियल सेक्युरिटी)ले तपाईंको बच्चा लैजाने छ र कुनै कुनै अवस्थामा त तपाईंले बच्चा १८ वर्ष नपुगी आफ्नो बच्चालाई देख्न भेट्न पाउनुहुने छैन ।

यस मामलामा होसियार हुनुहोला । नेपालमा जस्तो एक लप्का एक चड्कन अमेरिकामा आफ्नो छोराछोरी वा श्रीमतीलाई लगाएमा जेल जानुपर्नेछ । यस मामलामा तपाईंको हारगुहार अमेरिकी कानुनले सुन्दैन पनि ।

प्रतिक्रिया