साना मुलुकको सम्प्रभुत्ताको सवाल

विश्वका अनेकन साना मुलुकहरूमध्ये नेपाल दक्षिण एसियामा अवस्थित दुई ठूला उदीयमान शक्ति राष्ट्रको बीचमा रहेको भूपरिवेष्ठित संघीय गणराज्य हो । कुनै पनि महाशक्तिको औपनिवेशिकतालाई स्विकार नगरेको सार्वभौमसक्ता सम्पन्न राज्यव्यवस्थाको अभिन्न अंगको रूपमा रहेको लिपुलेक, कालापानी एवं लिम्पयाधुरा क्षेत्रको भारतीय सीमाक्षेत्रसँग आबद्ध रहेको केही भूभागमा सीमा विवाद सिर्जना भएको पाइन्छ । सामान्य अर्थमा हेर्दा छिमेकी राष्ट्रसँगको सीमा क्षेत्रमा विवाद रहनु कुनै नौलो प्रसंग मान्न सकिँदैन । यस प्रकारका द्विपक्षीय वा त्रिपक्षीय असमझदारीलाई आपसी सहमतीय व्यवहार एवं कुटनीतिक तवरबाट सौहार्दपूर्ण वातावरणमा नै साम्य पारीएका धेरै उदाहरणहरू विश्वमा भेटिन्छन् ।

तर, आज मित्रराष्ट्र भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको सम्बद्ध क्षेत्रलाई आफ्नो मातहतमा रहेको उल्लेख भएबाट समस्याले जटीलता प्राप्त गरेको मात्र हो । वास्तवमा भन्ने हो अपवाद बाहेक विश्वका अधिंकाश साना मुलुकका भौगोलिक अखण्डता, सम्प्रभूत्ता एवं स्वाधीनताका सन्दर्भमा सम्बद्ध राष्ट्रको नजिकका शक्तिसम्पन्न ठूला छिमेकी राष्ट्रबाट यदाकदा यस प्रकारका द्विविधायुक्त व्यवहारहरू देखाउँदै आएको तथ्यहरूले प्रमाणित गरेको छ । प्रस्तुत व्यवहारहरू नेपाल—भारत सीमा क्षेत्रका अतिरिक्त सिक्किमको प्रश्नमा मात्र सिमित रहदैन । केहि दशक अगाडिसम्म स्वतन्त्र मुलुकको अस्तित्व कायम राख्न सफल रहेको उक्त मुलुक आज अस्तित्व विहिन भई कसैमा विलीन वन्न पुगेको छ । एवंम प्रकारले कुवेती सम्प्रभूत्ताको विषयमा पनि प्रश्नहरू उठेकै थिए ।

तर, इराकी सम्प्रभूताको बारेमा तत्कालीन अवस्थामा कसैले पनि वोल्ने चेष्टा गरेनन् । प्रस्तुत व्यवहार केहिहदसम्म सम्प्रभूताको भएता पनि यस प्रसंगमा विशेषगरी महाशक्ति राष्ट्रको सशस्त्रीकरणको अवधारणा अनुसार शक्ति प्रदर्शनको अतिरिक्त विशुद्ध व्यापारिक हितमा केन्द्रित रहेको पाइन्छ । मूल रूपमा पेट्रोलियम पदार्थको राजनीतिले विशेष प्राथमिकता पाई साना मुलुकको अस्तित्व एवं सार्वभौम सत्ताको प्रश्नलाई अगाडि सारिएको मात्र हो । किनकि। कुवेती सम्प्रभूको प्रश्न उठाउने समुहले इराकी स्वाधिनताको सवालमा मौनता साच्नु आफँँैमा रोचक प्रसंग रहन गएको छ । विश्वका भीमकाय मुलुकको तुलनामा निःसन्देह यी दुवै साना राष्ट्रहरू नै हुन् ।

नेपालको सन्दर्भमा प्रस्तुत वस्तुस्थिति हालको परीवेशमा नदेखिएता पनि सीमा विवादलाई यथा समयमै समाधान नगरी थाती राख्ने परम्पराको विकास भए यस प्रकारको बाह्य हस्तक्षेपको खतरालाई सहजै नजरअन्दाज गर्न मिल्दैन । मुलुकको भौगोलिक वस्तुस्थिति एवं भूपरीवेष्ठिताका कारण धेरै हदसम्म आर्थिक एवं अन्य विवीध विषयमा अन्र्तमुखी रहनु परेको हुदा आज एक्काइसाँै शताब्दिमा पनि विकान्सोमुखक मुलुककै कोटीमा रहन बाध्य हुनुपरेको तितो यथार्थलाई हामी कसैले पनि बिर्सन सक्दैनौँ । जसलाई अघोषित रूपमा आर्थिक—राजनीतिक क्षेत्रमा बाह्य हस्तक्षेपको प्रभावको कारण निम्तिएको जटिल समस्याको कारक तत्वको रूपमा लिन सकिन्छ ।

नेपालका अतिरिक्त विश्वका अनेकन साना मुलुकको आर्थिक विकासको साथ—साथै आन्तरिक एवं बाह्य सुरक्षा नीति केही हदसम्म निश्चित रूपमा छिमेक नीतिमा निर्भर रहन्छ । जसले स्वतन्त्र मुलुकको हैसियतले प्राप्त हुनुपर्ने कतिपय अधिकार प्राप्तिमा बञ्चित रहनुपर्ने अवस्था सिर्जना गरेको हुन सक्छ । यस्तै यस्तै अवस्थाले निम्ताएको परिणाम भन्नु नै भारतिय आर्थिक नाकाबन्दीको कहालीलाग्दो प्रभाव हो । अन्तर्राष्ट्रिय कानुनअनुसार स्वतन्त्र भूपरीवेष्ठित मुलुकले प्राप्त गर्नुपर्ने व्यापार तथा पारवहन अधिकार हनन भयो वा भएन भन्ने भन्दा पनि सम्प्रभू नेपालले के गर्न सक्छ र ? भन्ने प्रश्नले मुख्य प्रधानता पाएको देखिन्छ ।

तत्कालका लागि नेपालमा बाह्य हस्तक्षेपको खतरा देखिँदैन, तथापि आज मुलुकका विभिन्न सीमा क्षेत्रमा देखिएका विवादले सहजरूपमा निकास पाएन भने तत्पश्चातको अवस्था आकंलन गर्न निश्चिय पनि कठिन हुनेछ । अत ः सिक्किमीकरणको प्रश्नमा लेण्डुपहरूले खेलेको भूमिका जस्तै नेपालको विषयमा त्यस प्रकारका व्यवहारहरू भविष्यमा हुन सक्दैन भन्ने कुराको ग्यारेण्टी कसले प्रदान गर्न सक्छ र ?
किनकि, अझै पनि विश्वजनमतले केहीहदसम्म नेपालले सहजै समाधान गर्न नसक्ने विवीध समस्याहरूलाई भारतीय आखा†ले हेर्ने गरेको आभास भएको हुँदा समाधानका लागि उच्च सर्तकता अपनाउनु बुद्धिमानी ठहरीनेछ ।

हुनत, हाम्रो हरेक असहज परिस्थितिमा मित्रराष्ट्र भारतले सक्दो सहयोग नपु—याएको पनि होइन तथापि नेपालको अभिन्न अंगको रूपमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समाहित गर्ने विषयले भने स्वतन्त्र नेपालराज्यको भौगोलिक अखण्डता, सार्वभौमिकता एवं स्वाधिनताका विषयमा अघोषित रूपमै भए पनि गम्भिर प्रश्न चिह्न उठ्न गएको छ ।

तसर्थ ः समस्या समाधानका लागि भारतीय पक्षको सकारात्मक दृष्टिकोण सहितको कुटनीतिक प्रयासलाई अविलम्ब अगाडि बढाई निकास निकाल्नु अत्यन्त जरुरी भइसकेको छ ।

नेपाल—भारत सीमा विवादका अतिरिक्त अन्य केही असहजताहरू भए समाधानका लागि निःशस्त्रीकरणको रणनीतिलाई अवलम्बन गरे पुग्दछ भने, यस्तै प्रकारको समस्या समाधानको लागि नेपालका अतिरिक्त अन्य मुलुकको लागि कहिलेकाहिँ सशस्त्रीकरणको रणनीति अपनाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ । उपरोक्त अवस्था तयार भए ठूला राष्ट्रलगायतका महाशक्ति राष्ट्रको लागि प्रस्तुत कदम प्रत्योपादक सावित हुने देखिन्छ ।

अत ः दक्षिण एसियाका अतिरिक्त समग्र विश्वसमुदाय माझ नजिकका ठूला छिमेकी राष्ट्रबाट हुन सक्ने सम्भावित असहज परिस्थितिको समाधानको लागि शान्तिको मार्गलाई पहिल्याउँदै सकारात्मक परिवेश निमार्ण गर्नु विश्वका साना राष्ट्रको संरक्षण गर्नुसरह हो ।
यस प्रकारका सकारात्मक क्रियाकलापबाट विश्वका साना मुलुकहरूले आफ्नो स्वतन्त्र अस्तित्वको रक्षा गर्न स्वयमं सक्षम रहने छन् भन्ने विश्वास लिन सकिनेछ ।

यती हुँदाहँुदै पनि समस्या समाधानमा व्यवधान उत्पन्न भए अन्तर्राष्ट्रिय समुदायको सहयोगको लागि अपिल गर्नुपर्ने हुन्छ । शान्तिको अग्रगामी महापुरूष बुद्धभूमिको सार्वभौम स्वतन्त्रताको अस्तित्व रक्षाको लागि नेपालले हिम्मतका साथ ठोस कदम चाल्नुपर्ने अवस्था प्रारम्भ भइसकेको छ । यस सम्बन्धमा चालिने सकारात्मक कदमले विश्वका साना राष्ट्रहरू आफ्नो सार्वभौमसत्ताको रक्षार्थ स्वयं सक्षम रहनेछन् भन्ने कुरा पुष्टि हुनेछ ।

विश्व मानचित्रमा अवस्थित जति पनि साना मुलुकहरू छन् तिनीहरूको सम्प्रभूको रक्षाको खातिर सम्बद्ध मुलुकको राष्ट्रिय सेनालाई उपयुक्त सुधार गर्दै दिर्घकालिन हितको लागि परिचालन गर्न नसकिने भन्ने प्रश्न नै उठ्दैन । तथापि, सैन्य बाहुवल नै कुनै पनि समस्याको स्थायी समाधान भने पक्कै पनि होइन । त्यसो भएको हुँदा सैन्य शक्तिको विकल्पको रूपमा कुटनीतिक पहलकदमी वा उच्च स्तरीय राजनीतिक तवरबाट ठूलाभन्दा ठूला समस्याको निकास सम्भव देखिन्छ । किनकि, एक्काइसौँ शताब्दीको परिवर्तित परिवेशमा सैन्यबलले सीमा विवादका अतिरिक्त अन्य कुनै पनि समस्याको स्थायी समाधान निस्कन्छ भन्ने कुरामा नेपालले कहिल्यै पनि विश्वास गर्दैन । शान्तिका हिमायती नेपालले भारतलगायतका अन्य मित्रराष्ट्रसँगको आपसी मतभेदको स्थायी समाधानको लागि कुटनीतिक प्रयासको ढोका सधैँको लागि अवश्य पनि खुला राखेको वर्तमान अवस्था हो ।

प्रतिक्रिया