पीपीएलको ट्रफी सार्वजनिक

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले शुक्रबार पोखरामा एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा ५ टोलीका कप्तानको सहभागिता थियो । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् । कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित रहेका थिए । पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए ।

त्यस्तै प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको उद्धघाटन खेल आइतबार सारिएको छ । पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन् । पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रूपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रूपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि किलियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ । गत वर्ष पोखराले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया