धनुषामा बम बिस्फोटः २ को मृत्यु, ६ गम्भीर

फाइल तस्बिर

काठमाडौं । धनुषाको महेन्द्रनगरमा शुक्रबार राती शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालयदेखि करिब ४ सय मिटरको दुरिमा बम बिस्फोट भएको हो । सो बिस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राति १२ बजे राजेश्वरको शौचालय नजिक वेवारीसे अवस्थामा ्ररहेको शंकापष्द वस्तुलाई बमको अशंकामा प्रहरीलाइ खबर गरिएको थियो । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट सो बस्तुको यकीन गर्न पुगेको बेला बम बिस्फोट भएको थियो ।

बिस्फोटमा प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।

प्रतिक्रिया