सोनमको विन्टर सेल अफर

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्नउत्पादनमाविशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषकाज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिमसेट, स्वेटर, कोट, ट्रेकिङकापोसाक, टेण्ट, ब्याग लगायत उत्पादनहरू उपलब्ध छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरू उपलब्ध छन् । सोनम गेयरका उत्पादनहरू उच्च गुणस्तरका छन्, जसले गर्दा यसलाई विश्वविख्यात ब्रान्डहरूको प्रतिस्पर्धी मानिन्छ ।

प्रतिक्रिया