आरबिबि मर्चेन्टको चुक्ता पूँजी २० करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभालसंचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरू पारित गरेको छ । साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताएका छन् । साथै, दुरदराजमा रहेका जनताहरूले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।

मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टि्सिपेन्ट लगायतको सेवा दिई रहेको बताए । सभामा आरविवि मर्चेन्ट बैंंकिङ्गका संचालकहरू कबिराज अधिकारी, केशबप्रसाद लम्साल, सरस्वती अधिकारी, पवन रेग्मी, बैंकका उपकार्यकारी अधिकृतहरू टेकराज जोशी, महेन्द्रप्रसाल अवस्थी, देबेन्द्ररमण खनाल, सिए एकराज सिग्देल लगायतकोे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया