आजको मौसम: वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं । शुक्रबार बिहान नेपालमा पश्चिमी निम्न चापिए प्रणालीको प्रभाबका कारण देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहेको छ। काठमााडौंको आकाशमा धुम्म तुवालो लागेको छ । हिजो दिनभर नखुलेको आकाश आज पनि खुल्ने सम्भावना कम छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमि उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भूभागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना छ। आज राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

पश्चिमी उच्च पहाडी सहित हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया