च्याम्पियन्स लिग : नकआउट चरणमा को को पुगे ?

एजेन्सी, लन्डन । क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।  बुधबार राति ८ टोलीले नकआउट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो । नकआउट चरणको ‘ड्र’ १६ डिसेम्बरको हँुदैछ । नकआउट चरणमा पुग्न सफल टोलीमध्ये अब समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछन् । यद्यपि प्रतिद्वन्द्वी छनोट गर्दै दुवै टोली फरक राष्ट्रको प्रतिनिधित्व गरेको हुनुपर्नेछ ।

समूह विजेता टोलीले अन्तिम १६ को पहिलो लेग अवे मैदान र दोस्रो लेग घरेलु मैदानमा खेल्नेछन् । यसपटक केही ठूला टोली समूह उपविजेताको रूपमा अगाडि बढेकाले पनि अन्तिम १६ को खेलमा नै केहि ठूला टोली आमनेसामने हुने सम्भावना रहेको छ ।

समूह ‘ए’ – पीएसजी (विजेता), रियल मड्रिड (उपविजेता)
समूह ‘बी’ – बायर्न म्युनिख (विजेता), टोटेनहम (उपविजेता)
समूह ‘सी’ – म्यानचेस्टर सिटी (विजेता), एटलान्टा (उपविजेता)
समूह ‘डी’ – युभेन्टस (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)
समूह ‘ई’ – लिभरपुल (विजेता), नेपोली (उपविजेता)
समूह ‘एफ’ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमन्ड (उपविजेता)
समूह ‘जी’ – आरबी लेइप्लिज (विजेता), लियोन (उपविजेता)
समूह ‘एच’ – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)

प्रतिक्रिया