पर्वले सामाजिक एकता कायम राख्छः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न समुदायले मनाउने चाडपर्वले राष्ट्रिय सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

नेवारी समुदायले मनाउने योमरी पुन्ही तथा किराँत समुदायले मनाउने उधौली पर्वका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले देशमा भ्रातृत्व कायम गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान पुग्ने शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया